क्वारेन्टाइन बसेकालाई परीक्षणबिनै घर पठाइयो

सुर्खेत । यही वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ ।

नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम) तथा स्वाब परीक्षण गर्ने प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई अन्ततः परीक्षणबिनै घर फर्काएको हो । नगरपालिकाले परीक्षणबिनै घर पठाएपछि उनीहरुले आपत्ति जनाएका छन् ।

आरडिटी परीक्षणका लागि नगरपालिकासँग पर्याप्त किट थिएन । नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी कर्ण आचार्यका अनुसार किट अभावले आठमध्ये दुई जनाको मात्र परीक्षण गरियो ।

ती दुईको नतिजा नेगेटिभ आएपछि नगरपालिकाले बाँकी छ जनालाई पनि कुनै सम्भावित सङ्क्रमण नदेखिएको अनुमानका भरमा क्वारेन्टाइनबाट बिदाइ ग-यो । जसले थप जोखिम निम्त्याउन सक्ने चिन्ता गरिएको छ ।

स्वास्थ्यकर्मी आचार्यले किट आएपछि परीक्षण गर्ने शर्तमा घर पठाइएको बताए । सोही दिन सुर्खेतकै भेरीगङ्गा नगरपालिकाले पनि नौ जनालाई त्यसैगरी घर पठायो ।

नगर स्वास्थ्य संयोजक राजेश बुढाले सिन्धुपाल्चोकबाट आएका नौमध्ये एक जनाको मात्रै आरडिटी परीक्षण गरिएको बताए । “किट अभावका कारण एक जनाको मात्र जाँच गरेर घर पठाउनुप¥यो, जिल्ला स्वास्थ्य र प्रदेश सरकारसँग आग्रह गर्दासमेत पाइएन”, उनले भने, “किटकै पर्खाइमा क्वारेन्टाइन अवधि पूरा भएकालाई समेत घर पठाउन सकेका छैनौँ ।”

आरडिटी किट अभावका कारण सुर्खेतमा एक सातादेखि कोरोना परीक्षण हुनसकेको छैन । तत्काल किट आउने सम्भावना नभएपछि क्वारेन्टाइनमा बसेकाहरुको सामूहिक नमूना परीक्षण गरेर घर पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालयले किट नआउँदासम्म ‘गु्रप टेष्ट’ गर्नुको विकल्प नभएको जनाएको छ । रासस

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस :  के हर्टअट्याक हुने मान्छे हो म ? 

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?