प्रदेशस्तरीय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सव

सुर्खेत, २७ माघ । प्रदेश नं ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’ शुरु भएको छ प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गर्दै दैलेखको पञ्चकोशी, मुगुको रारा र हुम्लाको मानसरोवर जोड्ने कर्णाली करिडोरको विकास गर्नुपर्ने औँल्याउँदै विकासका लागि सरकार तथा निजी क्षेत्रलाई सहकार्य गरेर अघि बढ्न अनुरोध गरे महोत्सवमा ४०९ कक्ष रहेको मूल समारोह समितिका संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ ६ नं प्रदेश समितिका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । महोत्सव आगामी फागुन ८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?