डोनाल्ड ट्रम्पको ‘ट्वीट’मा ईरानको चेतावनी

काठमाडौं । ईरानका रिभेल्युशनरी गार्डका कमान्डरले बिहीवार आफ्नो सुरक्षा बलले अमेरिकी नौसेनालाई निशाना बनाउन आदेश दिएको बताएका छन् ।

ईरानको तर्फबाट यो धम्की बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ईरानी जहाजको बारेमा गरेको ट्वीट पछि दिइएको थियो । तर दुबै देशकोबीचमा कोरोना भाइरसको महामारीका कारण अस्थायी रुपमा मात्र तनाव सिर्जना भएको देख्न सकिन्छ ।

ईरानका मेजर जनरल कासिम सुलेमानीको हत्या पछि दुई देशकोबीचमा तनावको स्थिति सिर्जना हुँदै आएको छ । यसै वर्षको जनवरी महिनामा अमेरिकाले ड्रोन हमलाबाट कासिम सुलेमानीको हत्या गरेको थियो ।

यसै कारणले गर्दा ईरान अमेरिकासँग अत्याधिक आक्रामक बनिरहेको छ । ईरानले केहि महिनादेखि अमेरिकासँग भएको तनावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएकोमा आपत्ति जनाउँदै आएको छ ।

जनरल हुस्यान सलामीले एक सरकारी च्यानलमा दिएको अन्तर्वार्तामा अमेरिकाले आक्रमण गरे कुनै पनि स्थितिमा ईरान त्यसको जवाफ फर्काउन तयार रहेको बताएका छन् ।

सलामीका अनुसार उनले समुन्द्रमा आफ्ना नौसेनाको समुहलाई अमेरिकी नौसेनाले कुनैपनि ईरानी वाणिज्यिक जहाज, युद्धपोत र नौसेनाको समुहलाई दुख दिन थाले अमेरिकी नौसेनालाई निशाना बनाउन आदेश दिएको बताएका छन् ।

यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि, दुबै देशमा संकटको यो घडीमा पनि मतभेद देखिइरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?