काठमाडौं – काठमाडौंमा २ जना नर्सलाई कोरोना देखिएको छ । र्यापिड टेष्ट (RDT) मा काठमाडौंका २ नर्समा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य सामान्य छ । अब उनीहरुको पिसिआर विधी (PCR) बाट टेष्ट गरिने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले लोकपथसँग बताए ।
उनीहरुलाई काठमाडौंको टेकुस्थित अस्पतालको आईसोलेसनमा राखीएको छ । उनीहरु केन्द्रिय कारागारमा कार्यरत नर्स भएको डाक्टर बास्तोलाले बताए ।
के हो ‘पीसीआर टेस्ट’ ?
‘पीसीआर टेस्ट’ घाँटी, श्वास नलीको ‘लिक्विड’, र मुखको र्यालको स्याम्पल स्वाबमा परिक्षण गरिन्छ । यस किसिमको टेस्ट, विशेष गरेर ‘इन्फ्लूएन्जा-ए’, ‘इन्फ्लूएन्जा-बी’ र ‘एच-1 एन-1’ भाइरस पत्ता लगाउनका लागि गरिन्छ ।
डाक्टरका अनुसार नाक तथा घाँटीका पछाडि दुई वटा यस्ता ठाउँ हुन्छन् जहाँ, भाइरस रहने सम्भावना अत्याधिक हुने गर्दछ । ‘स्वाब’को माध्यमबाट तिनै कोशिकाहरुलाई जागरुक बनाइन्छ ।
‘स्वाब’लाई कोशिकाहरु रिलिज हुने सोल्युसनमा राख्ने गरिन्छ । ‘स्वाब’ टेस्टको प्रयोग ‘स्याम्पल’मा पाइएको ‘जेनेटिक म्याटेरियल’लाई कोरोना भाइरसको ‘जेनेटिक कोड’सँग मिलाउन प्रयोग गरिन्छ ।
‘पीसीआर’ (पोलिमरेज चेन रिएक्सन) डीएनए (DNA) वा आरएनए (RNA) को सानो अनुक्रम विश्लेषण गर्ने एक विधि हो । ‘पीसीआर’को प्रयोग ‘डीएनए’ तथा ‘आरएनए’का लागि चयन गरिएका वर्गहरुमा पुनः उत्पन्न गर्नका लागि प्रयोग हुन्छ ।
‘इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च’का अनुसार पोलिमरेज चेन रिएक्सन (पीसीआर) को टेस्ट कुनै ठूलो ल्याबमा मात्रै गराउन सम्भव हुन्छ ।
कसरी हुन्छ कोरोना भाइरसको टेस्ट ?
‘पीसीआर’ (PCR) टेस्टको मद्दतबाट कोरोना भाइरसको टेष्ट गरिन्छ । यो प्रक्रिया पूरा गर्न पहिला ६ घण्टा लाग्दथ्यो तर अहिले भने परिक्षण गर्न मात्र ४ घण्टा लाग्दछ ।
‘स्याम्पल’ लिन र रिपोर्ट दिनका लागि २४ घण्टाको समय लाग्ने गर्दछ । तर कहिले भने त्यो भन्दा कम समयमा पनि रिपोर्ट आउन सक्दछ ।
यसअघि प्रकाशित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै आज (मंगलबार) मात्रै ११ जनामा कोरोना थपिएको जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आजमात्रै ११ जना संक्रमित थपिएका छन् ।
आजै मंगलबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक जना र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।
उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परिक्षण भैरहेको छ । अन्य थप ६९ जनाको परिक्षणको लागि बिराटनगर स्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि आज वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टी भएकोले निजहरूलाई हाल बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
हाल पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ । यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर घर फर्कीसकेका मन्त्रालयले जनाएको छ ।
आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । भने संक्रमितमध्ये हालसम्म ५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत एकजना मंगलबार डिस्चार्ज भएसँगै घर फर्किनेको संख्या ५ पुगेको हो । अस्पतालले आज एक विज्ञप्तिमार्फत कैलालीको धनगढी उपमहानगरपालिका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएको जानकारी दिएको हो ।
सोही अस्पतालमा उपचाररत अर्का युवा पनि वैशाख ७ गते निको भइ घर फर्किसकेका छन् । यसअघि बागलुङमा उपचाररत बृद्धा र काठमाडौंमा उपचार गराएका एक पुरुष र एक महिना पनि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
अहिले देशका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ भने मंगलबारका संक्रमितलाई अस्पताल लगिँदैछ ।

संक्रमणपछि निको भएकाहरु भन्छन्, हेलचक्राईँ नगरौँ !
यसैबीच कोरोना संक्रमणपछि उपचार गरेर स्वास्थ्यलाभ गरेकी संक्रमित युवतीले आत्मअनुशासन, लकडाउनको पालना, क्वारेन्टाईनमा बस्न नहिच्किचाउनु, आईसोलेसन बस्दा र उपचार गर्दा हिम्मतिलो बन्न सबैसँग आग्रह गरेकी छिन् ।
यस्तै कोरोनाको संक्रमणपछि उपचार गराएर निको भएर घर फर्किँदा संक्रमितले भनेका छन्, “स्वअनुशासनमा बस्नू र बाहिरको व्यक्तिको सम्पर्कमा नआउनु नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले यस महामारीलाई खेलाँची नसम्झिऔँ।”
संक्रमणपछि निको भएर घरमा आराम गरिरहेका युवकले भने, “यो चानचुने संक्रमण हुँदै होईन रहेछ। हामीले अझै बुझिसकेका छैनौँ । ज्यान बेस्सरी दुख्छ । विश्वभर मृतक संख्या साढे १ लाख नाघिसके । धन्य म निको भएँ । तसर्थ तपाईहरु भन्छु, सरकारले भनेको नीतिनियम पालना गरेर घरमा नै बस्नुहोस् । पहिला ज्यान रहे आफ्नो स्वास्थ्य राम्रो भए बाँकी सबै कुराको लागि समय रहन्छ ।”
स्वमूल्याङ्कनका लागि विवरण भरेकामध्ये २ सय ६७ जना रेड जोनमा !
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘वेवपेज र एपमा’ आफ्नो विवरण भराएकामध्ये हालसम्म तिनका लक्षणका आधारमा मन्त्रालयले २ सय ६७ जनालाई रेड जोनमा राखेको छ ।
खोकी लाग्ने, ज्वरो आउने, छाति दुख्ने, रुघा लाग्ने, शरीर दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने जस्ता लक्षण कोरोना भाइरस कोभिड १९ का लक्षण हुन् । यिनै लक्षणका आधारमा हालसम्म २१ हजार ५ सय ६६ जना मानिसहरुले विभिन्न ठाउँबाट मन्त्रालयको वेवसाईटमा आफ्नो विवरण भरेका छन् । त्यसरी स्वमूल्याकंनको लागि विवरण भर्नेमध्ये गत २४ घण्टामा मात्रै २७५ जनाले जानकारी लिएका थिए ।

तिमध्ये ४ जना ‘रेड जोन’मा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधीमार्फत् हालसम्म ८ हजार ७ सय ६३ जनाको परिक्षण गरिएको छ । गत २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएको छ ।
र्यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीबाट हालसम्म २७ हजार ९ सय ५६ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ८ सय ८ वटा नमूना जाँच गरिएको छ । यी सबै विवरण हेर्दा हालसम्म कोरोनाको आशंकामा ३६ हजार ७ सय १९ वटा परीक्षण सम्पन्न भइसकेका छन् ।
तिमध्ये र्यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीमार्फत् हालसम्म प्रदेश १ मा २ हजार ६ सय २० प्रदेश २ मा ३ हजार ५ सय ९८ बाग्मती प्रदेशमा ५ हजार १ सय ५७ गण्डकी प्रदेशमा ४ हजार १ सय प्रदेश ५ मा २ हजार ४ सय ८३ प्रदेश कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ७७ गरी हालसम्म कुल २७ हजार ९ सय ५६ वटा जाँच गरिएको छ ।
हालसम्म ७ हजार ६७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या १ सय ७ रहेको छ । तिमध्ये काठमाडौंमा ६ र बाँकी १०१ जना बाहिरी जिल्लामा छन् ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया