धनुषाको बीच सडकमा पैसा फाल्ने २ महिलाको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

काठमाडौं । शुक्रवार धनुषामा पैसा फ्याल्दै हिँडेका शंकास्पद दुईजना महिलाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी ) परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जनकपुर अस्पतालका निमित्त मेसु डा. जामुन प्रसाद सिंहका अनुसार पैसा फ्याल्दै हिड्ने दुई महिलाको आरडिटी परिक्षणमा कोरोना संक्रमण पोजेटिभ आएको हो । यद्यपी पिसिआर जाँच पछि मात्र कोरोना संक्रमण भए नभएको पुष्टि गर्न सकिने चिकित्सक बताउँछन् ।

शुक्रवार दिउँसो उनीहरुले धनुषाको बिच सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले त्यस क्षेत्र शिल गरेर सेनिटाइजर छर्केको थियो । अनुसन्धानका क्रममा प्रहरीले सडक छेउका सिसिक्यामेराबाट ति दुवैको फोटो निकालेर शुक्रवार नै  सार्वजनिक गर्दै ‘देखेमा प्रहरीमा खबर गर्न’ स्थानीयलाई समेत अनुरोध गरेको थियो ।

यो शंकास्पद गतिवीधिको खबर बाहिरीए लगत्तै पैसामा कोरोना भाइरस हुनसक्ने भन्दै स्थानीयमा त्रास फैलिएको थियो ।

यसैबीच ति महिलाले ‘सडकमा फालेको पैसा सडकमा हिँड्ने केही स्थानीयले टिपेको’ भन्ने खबरका आधारमा प्रहरीले उनीहरुको बारेमा पनि जानकारी संकलन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?