काठमाडौं – उदयपुरको मस्जिदमा रहेका १२ जनामा कोरोना पुष्टि भएको छ। यसअघि आजै चितवनको राप्ती नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि चितवनको राप्ती नगरपालिकाका दुई जनाकै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार चितवनका दुई जना पुरुष हुन् । चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका उनीहरुमा कोरोना पुष्टि भएको बताइएको छ ।
भरतपुरमा रहेको कोरोना भाइरस परीक्षण प्रयोगशालाले ती दुई जनाको बिहीवार राती कोरोना पोजिटिभ आएको नतिजा देखाएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब परीक्षणको लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको थियो । पूर्वी चितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित दुबै पुरुष रहेका छन् । अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।
पछिल्लो जानकारीअनुसार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १२ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले जानकारी दिए ।
भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिइएकोमा पोजेटिभ देखिएको हो ।
उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको सबैको रिपोर्ट पोजेटिभ भेटिएको हो ।
नेपालमा कतिजना ‘रेड जोन’मा छन् ?
यसैबीच नेपालमा हालसम्म कोरोना भाइरस ‘कोभिड – १९’ साग मिल्दोजुल्दो देखिएका बिरामी (जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेडजोनमा राखेको छ) ति बिरामीहरुको संख्या २ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार मन्त्रालयले स्वमूल्यांकनको आधारमा मानिसहरुको व्यक्तिगत विवरण अर्थात् जानकारीको आधारमा जोन छुट्टयाएकोमा हालसम्म २ सय ५१ जना रेड जोनमा परेका छन् गत २४ घण्टामा मात्रै २ जना मानिस रेड जोनमा परेका छन् ।
रेड जोनमा परेकाहरुको ‘ट्रेसिङ गर्ने’ र उनिहरुको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण भइसकेको पनि उनले बताए । मन्त्रालयको मोबाईल एप र वेव पेजमा मानिसहरुले आफ्ना लक्षणहरु जानकारी गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २४ हजार बढीको कोरोना परीक्षण भएको जनाएको छ ।
नेपालमा कतिजनाको परीक्षण भयो ?
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जनाएअनुसार डोल्पा र सोलुखुम्बु बाहेक ७५ जिल्लामा र्यापीड किट टेष्ट आरडीटी विधिबाट जाँच भइरहेको छ । डोल्पा र सोलुखुम्बुमा भने चाँडै आरडीटी टेष्ट सुरु हुनेछ ।
हालसम्म नेपालमा दुईओटा प्रविधिबाट जाँच गरिएको छ । सातै प्रदेशका विभिन्न ठाउँमा गरेर १४ स्थानबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण सुरु भएको छ।
पीसीआर घाँटीको स्वाबको परीक्षण हो। यसको नतिजा आउन ६ घण्टादेखि दुई दिनसम्म लाग्ने चिकित्सकले बताएका छन्। आरडीटी परीक्षणको रिपोर्ट भने १५ मिनेटमै सार्वजनिक गर्न सकिन्छ। तर नेपालमा केहि नमूनाहरु र्यापिड डाईग्नोस्टिग टेष्टबाट पोजेटिभ आएको र पीसिआरबाट नेगेटिभ आएको उदाहरण समेत छन् ।
डाक्टर देवकोटाका अनुसार पिसिआर प्रविधीबाट हालसम्म ७ हजार ६ सय ८८ वटा नमूना जाँच गरिएको छ । त्यस्तै र्यापिड डाईग्नोष्टिग टेष्ट आरडिटीबाट हालसम्म १६ हजार ५ सय ६५ जनाको टेष्ट भएको छ । हालसम्म २४ हजार २ सय ५३ जनाको टेष्ट गरिएको छ । गत २४ घण्टामा मात्रै ४ हजार ८ सय २२ जनाको नयाँ टेष्ट भएको छ ।
क्वारेन्टाईन कति ? आईसोलेसनमा कति ?
हालसम्म ४ हजार ६ सय ७ जना क्वारेन्टाईनमा बसेका छन् भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका ९० जना आईसोलेसनमा छन् । उनीहरुमध्ये ५ जना काठमाडौंमा छन् भने ८५ जना बाहिर जिल्लामा छन् । त्यस्तै मन्त्रालयको कल सेन्टरमा हालसम्म २६३२ वटा कोरोना सम्बन्धित जिज्ञाशा आएकोमा सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ ।
संक्रमितको अवस्था कस्तो छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका हालसम्म भेटिएका सबै १६ जना संक्रमितको अवस्था सामान्य भएको जनाएको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा हालसम्म कोरोना भाइरस कोभिड १९ का १६ जना संक्रमितमध्ये १ जना निको भएर घर फर्किएका र बाँकी १५ जना संक्रमितको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया