के कोरोना संक्रमणपछि गन्ध र स्वाद थाहा हुँदैन ? ज्वरो र खोकी नै मूख्य लक्षण

काठमाडौं- विश्वलाई त्राहिमाम बनाएको कोरोना भाइरस कोभिड १९ का कारण मानिसहरु निकै आतिएका छन् । विश्वका २०८ मुलुकमा फैलिसकेको भाइरसका कारण संक्रमति भएका मानिसमा गन्ध वा स्वाद थाहा नपाउने हुन्छ कि हुँदैन भन्ने हाम्रो जिज्ञासा मेट्न वैज्ञानिकहरुले नयाँ तथ्य प्रस्तुत गरेका छन् । ब्रिटेनका अनुसन्धानकर्ताहरूका अनुसार संक्रमितलाई गन्ध वा स्वाद थाहा नपाउने अवस्था देखिन सक्छ ।

लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले ‘कोभिड १९’ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो।

तर गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमणको पनि लक्षण हो।

विज्ञहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको उल्लेख गरेका छन्।

यदि तपाईँ वा तपाईँसँगै बसिरहेका कोहीमा निरन्तर खोकी वा उच्च ज्वरो देखिएको छ भने कोरोनाभाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि घरभित्रै बस्न सुझाव दिइएको छ।

अध्ययनले के फेला पार्‍यो ? 
द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो अध्ययन केन्द्रित गरेका थिए।

कोभिड सिम्पटप ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिए :

५३ प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताए

२९ प्रतिशतले निरन्तर खोकी भएको बताए

२८ प्रतिशतले सास फेर्न गाह्रो भएको बताए

१८ प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको बताए

१०. ५ प्रतिशतले ज्वरो आएको बताए

अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले ‘कोभिड १९’ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड९ १९ देखिएको थियो।

कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।

यो समाचार तयार पार्दासम्म ६९ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ भने १२ लाख ७७ हजार २ सय ६० जना संक्रमित भएका छन् । २ लाख ६६ हजार ४ सय ६१ जना निको भएर घर फर्केका छन् । एजेन्सीको सहयोगमा 

यसअघि लोकपमथा प्रकाशित यी समाग्री पढ्नुहोस् : 

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्काे भाइरस !

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?