काठमाडौं । आज मात्रै नेपालमा थप नयाँ तीन जनामा कोरोनाको संक्रमण पाइएको छ । यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ९ पुगेको हो ।
ति मध्ये ४ जना संक्रमितहरु सुदूरपश्चिम प्रदेशका रहेका छन् । स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट आज सुदूरपश्चिमका थप तीन जनामा कोरोना भाइरस पोजेटिभ पाइएको जानकारी गराइएको थियो ।
मन्त्रालयका अनुसार १ जना संक्रमित स्थानीय र अन्य दुईजना भने विदेशबाट आएका थिए ।
सातौँ संक्रमित व्यक्ति धनगढीकी ३४ वर्षीया महिला रहेकी छन् । त्यस्तै आठौँ संक्रमित कैलालीका २१ वर्षका पुरुष रहेका छन् । उनी भारतको मुम्बईबाट नेपाल आएका थिए ।
त्यस्तै नवौँ संक्रमित भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुष रहेका छन् । उनीहरु तीनै जनालाई अहिले सेती प्रदेसिक अस्पताल धनगढीको आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।
यसअगाडि नेपालमा पाइएका १ अन्य संक्रमितहरु पनि सुदूरपश्चिमकै रहेका छन् । यसअघि युएईबाट फर्किएका ३४ वर्षीय युवकलाई १४ चैत्रमा कोरोना भाइरस भएको पत्ता लागेको थियो ।
चौथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको थियो ।
नेपालका चौथो कोरोना संक्रमित व्यक्ति पनि कैलालीको धनगढीका रहेका छन् । योसँगै नेपालका ९ कोरोना संक्रमित मध्ये ४ जना सुदूरपश्चिम प्रदेशका रहेका छन् ।
यो पनि पढ्नुहोस्: नेपालमा कोरोनाको छैटौं संक्रमित फेला
अपडेट : अर्को एकजना नेपालीमा कोरोना पोजेटिभ, चैत्र ४ गतेकै फ्लाईटमा आएका थिए नेपाल
६ जना कोरोना संक्रमित नेपाली, को कहाँ बाट आएका थिए ?
पहिलो संक्रमित : चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो
दोस्रो संक्रमित : फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमित : युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमित : युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमित : बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमित : कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको
कोरोनाबाट बच्न यी ८ कुराहरुको ध्यान दिनुहोस् !
कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।
आज हामी तपाईलाई तिनै महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौँ ।
१. कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयोग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।
२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।
३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्क वा सर्जिकल मास्कको प्रयोग गरौँ ।
४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।
५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।
६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।
७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।
८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।
यो पनि पढ्नुहोस् : कोरोना भाइरसबाट कसरी बच्ने ?
कोरोना भाइरसबाट कसरी बच्ने ?
जोखिम न्यूनीकरण
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो । छुटेको भए सम्बन्धित लिंकमा क्लिक गरी पढ्नुहोस्
-कास्कीमा कोरोना संक्रमित भेटिएको छैन : प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख शर्मा
-सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक कोरोनाको त्रासले हराएपछि..
-मलेसियामा ४ नेपालीले गरे लकडाउन उल्लंघनः सरकारले सुनायो यस्तो सजाय
-कोरोना भाइरस : ‘डब्ल्युएचओ’ले एक रिपोर्ट निकाल्दै विश्वलाई दियो यस्तो चेतावनी
-फ्रान्समा कोरोनाको कारण एकैदिन १३ सय ५५ जनाको मृत्यु !
-इटालीमा महामारी : ४ हजार ५३ जनाको अवस्था गम्भीर, एकैदिन ७६० जनाको गयो ज्यान
-के इटालीमा क्रेनबाट ‘डम्प’ गरिँदैछ हजारौँ लाश ? यस्तो छ सत्य
-कोरोना महामारी : चीनले गर्यो यस्तो निर्णय
-भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने
-ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, के आयो रिपोर्ट ?
-कोरोना : झन्डै साँढे दुई लाख संक्रमित अमेरिकामा मात्रै, एकैदिन ९६५ जनाको ज्यान गयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया