मलेसियामा ४ नेपालीले गरे लकडाउन उल्लंघनः सरकारले सुनायो यस्तो सजाय

काठमाडौं । मलेसियामा लकडाउन उल्लंघन गर्ने ४ नेपालीलाई त्यहाँको सरकारले कारबाही गर्ने भएको छ ।

लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिमाना गरिएको हो ।

अध्यागमन कार्यालयका अनुसार सरकारले कोरोना संक्रमण थप जटिल नहोस भन्नका लागि गरिएको लकडाउन उल्लंघन गरेको अभियोगमा मलेसियाको मेलक्कामा ती नेपालीहरु पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा पूर्ण बहादुर लिम्बू , दुर्गा बहादुर सार्की, पुण्य तामाङ र भरोसी सदा रहेको विभागले जनाएको छ ।

उनीहरु मात्र नभइ लकडाउन उल्लंघन गरेको आरोपमा पाकिस्तानी र बंगलादेशी नागरिकलाई पनि सोही सजाय सुनाएको छ । भने अन्य ९ जनालाई ५ सय देखि १ हजार रिंगिटको बीचमा जरिमानाको सजाय अदालतले गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?