कोरोना : झन्डै साँढे दुई लाख संक्रमित अमेरिकामा मात्रै, एकैदिन ९६५ जनाको ज्यान गयो

काठमाडौं । कोरोनाको प्रभाव विश्वका २०४ देशमा देखा परिसकेको छ । शक्तिशाली देश अमेरिकामा पनि कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म ६ हजार ७५ जनाले ज्यान गुमाईसकेका छन् भने २ लाख ४५ हजार ६६ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

त्यस्तै आज मात्रै यो समाचार तयार पार्दासम्म भाइरसको संक्रमणबाट अमेरिकामा थप ५ जनाले ज्यान गुमाईसकेका छन् भने आजैमात्र थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीवार मात्रै अमेरिकामा ९६५ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म अमेरिकामा २ लाख ४५ हजार ६६ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये १० हजार ४ सय ३ जना उपचार पछि निको भईसकेका छन् ।

त्यस्तै मृत्यु भईसकेका र उपचार पछि निको भएका लाई छोडेर अमेरिकामा अहिले एक्टिभ रहेका केशहरु भने २ लाख २८ हजार ५ सय ८८ रहेका छन् । त्यस्तै अमेरिकामा महामारीको संक्रमणबाट ५ हजार ४ सय २१ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको गाउँगाउँमा समेत कोरोना फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्म अमेरिकाका ५५ शहरमा कोरोनाको महामारी फैलिइसकेको छ ।

न्युयोर्कमा मात्रे कोरोना भाइरसको कारण २ हजार ५ सय ३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै त्यहाँ संक्रमितको संख्या ९३ हजार ५३ रहेको छ भने ९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युजर्सीमा २५ हजार ५ सय ९० जना भाइरसका संक्रमितहरु रहेका छन् भने ५३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा २३९ र मिसिगनमा २३९ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?