लकडाउनको दशौँ दिन आज : धैर्यता नगुमाऔँ, होसीयारी अपनाऔँ !

काठमाडौं । चीनको वुहान शहरको सामुन्द्रिक बजारबाट गत डिसेम्बर अन्तिम साता फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ यो समाचार तयार पार्दासम्म विश्वका २ सय बढी देशमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ९ लाख ३५६ हजार ९ सय ५७ जनामा संक्रमण देखा परेको छ भने ४७ हजार २ सय ४५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

चीनबाट सुरु भएको यो कोरोना भाइरस ‘कोभिड १’९ कारण इटली सबैभन्दा धेरै प्रभावित बनेको छ । ईटालीमा अहिलेसम्म १३ हजार १ सय ५५ जनाको मृत्यु भएको छ भने एक लाख १० हजार ५ सय ७४ जनामा संक्रमण देखा परेको छ ।

त्यस्तै महामारीबाट धेरै प्रभावित हुने देशको सूचीमा स्पेन रहेको छ । स्पेनमा यो समाचार तयार पार्दासम्म एक लाख ४ हजार एक सय १८ जना मानिस भाइरसबाट संक्रमित भएका छन् । ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

त्यस्तै प्रभावित हुने देशहरुको सूचीमा तेस्रो नम्बरमा अमेरिका रहेको छ । त्यहाँ अहिलेसम्म ५ जार १ सय १० जनाको मृत्यु भएको छ भने २ लाख १५ हजार २ सय १५ जनामा संक्रमण देखा परेको छ । २ सय १२ जना नयाँ संक्रमित फेला परेका छन् भने आज मात्रै ८ जनाको मृत्यु भएको छ ।

त्यस्तै प्रभावित देशको चौँथो नम्बरमा कोरोनाको उद्गमस्थल चीन रहेको छ । त्यहाँ अहिलेसम्म ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । ८१ हजार ५ सय ५४ जनामा संक्रमण देखा परेको छ । हिजोमात्रै चीनमा थप ७ जनाको मृत्यु भएको थियो । त्यस्तै धेरै प्रभावित हुने देशहरुको सूचीमा पाँचौँ नम्बरमा फ्रान्स रहेको छ । त्यहाँ अहिलेसम्म ५६ हजार ९ सय ८९ जनामा संक्रमण देखा पर्दा ४ हजार ३२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै प्रभावित देशको छैटौँ नम्बरमा ईरान रहेको छ । त्यहाँ अहिलेसम्म ३ हजार ३६ जनाले ज्यान गुमाएका छन् भने ४७ हजार ५ सय ९३ जनामा संक्रमण देखा परेको छ । त्यस्तै प्रभावित देशको ७ औँ नम्बरमा ब्रिटेन रहेको छ । त्यहाँ अहिलेसम्म २ हजार ३ सय ५२ जनाले ज्यान गुमाएका छन् भने भाइरसका कारण उनान्तिस हजार ४ सय ७४ जनालाई संक्रमण देखा परेको छ ।

कोरोना भाइरसबाट प्रभावित देशको ८ औँ नम्बरमा जर्मनी छ । जर्मनीमा अहिलेसम्म ९ सय ३१ जनाले जयान गुमाएका छन् भने ७७ हजार ९ सय ८१ जनामा कोरोनाको संक्रमण देखा परेको छ । त्यस्तै ९ औँ नम्बरमा छ, नेदरल्याण्ड । त्यहाँ १ हजार एक सय ७३ जनाले ज्यान गुमाएका छन् भने १३ हजार ६ सय १४ जनामा भाइरसको संक्रमण देखिएको छ । १० नम्बरमा छ, बेल्जियम । त्यहाँ ८ सय २८ जनाको मृत्यु भएको छ भने १३ हजार ९ सय ६४ जनामा संक्रमण फैलिएको छ । छिमेकी मूलुक भारतमा यो समाचार तयार पार्दासम्म १ हजार ९ सय ९८ जनामा संक्रमण देखा परेको छ भने ५८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् ।

विश्वभर आज मात्रै ७ सय ६० वटा नयाँ केस फेला परेका छन् । त्यस्तै अत्याधिक प्रभावित देश अमेरिकामा आजमात्रै २ सय १२ जना नयाँ संक्रमित भेटिएका छन् ।

लाखौँ मानिस आइसोलेसनमा छन् । करोडौँ मानिस क्वारेन्टामईनमा छन् । केही घरमा नै सेल्फ क्वारेन्टाईनमा बसेका छन् । प्राय सबैजसो देशले लकडाउन देशले हवाई र स्थल सीमामा प्रतिबन्ध लगाएका छन् । मानिसहरु डराएका छन् । व्यापार व्यवसाय ठप्प छ । शहरहरु सुनसान छन् । वैज्ञानिकहरु औषधीको खोजीमा जुटेका छन् । चीनले गत साता नै कोरोनाको औषधीमा सफलता मिलेको बताएको भएतापनि हालसम्म टेष्ट किट मात्रै बजारमा आएको छ । कोरोनाविरुद्धको खोपतयार पारेको भनेतापनि हालसम्म यसको पुष्टि भएको छैन । यद्यपी चीनले ल्याबबाट प्रमाणित भएको कोरोना टेष्ट किट विभिन्न देशमा पठाइरहेको छ । तर उसले पठाएको किट गुणस्तरीय नभएको भन्ने टिप्पणी र प्रतिबन्धबारे पनि समाचार आइरहेका छन् ।

कोरोनाको कहरबाट नेपाल पनि आक्रान्त छ । नेपाल सरकारले देशैभर लकडाउन गरेको आज १० औँ दिन पुगेको छ । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ । जो जहाँ हुनुहुन्छ (सामाजिक सिमा ) डिस्टेन्स मेन्टेन गरेर त्यहाँ नै बस्नुस् र सावधानीका उपायहरु अवलम्बन गर्नुस् भनिएको छ । विकसित मूलुकहरुले पनि यो नीति अपनाएका छन् । तर केहि मानिसहरु सरकारको यो नीति विपरित मर्निङ वाक जाने, हिँडडुल गर्ने, भेटघाट गर्ने काम गरिरहेका छन् । तिनका लागि प्रहरीले बिहानैदेखि काठमाडौँमा माईकिङ गर्दै घरभित्रै बस्न भनेका छन् ।

हामीले बुझ्नैपर्ने एउटा कुरा के हो भने विकसीत मुलुकहरु आज कुन हालतमा पुगेका छन् ? ईटलीलाई हेर्नुहोस् । यो हविगत हामीले व्यहोर्नु पर्यो भने त्यसैले सरकारले अपनाएको नीतिमा साथ दिनु सचेत नागरिकको दायित्व हो । हामी जहिल्यै अरुको टाउकोमा दोष थोपार्छौ तर आफू जिम्मेवार बन्नुपर्ने ठाउँमा हेक्का राख्दैनौँ । उल्लंघन गर्छौ भने हामीले आफू , आफ्नो परिवार समाज र राष्टको लागि केहि पनि दिन सक्दैनौँ, नोक्सानी सिवाय । सोचौँ । सावधान होऔँ । सचेत बनौँ ।
विश्लेषकहरु भन्छन्, यदि चीनले यो किसिमको ईनिसिएसन लिएको थिएन भने अहिले यो महामारी फैलिएर कैयौँ मानिसले ज्यान गुमाइसकेका हुन्थे ।

कोरोना भाइरस : चीनको बाटोमा किन हिँड्न सक्दैनन् अरु राष्ट्र 

करिब ६ करोड जनसंख्या भएको हुवेइ प्रान्तको वुहानमा डिसेम्बर अन्तिम साता देखिएको पहिलो संक्रमणको प्रकृति बुझेको चीनले उक्त भाइरस रोक्न २० जनवरीमा हुवेइ प्रान्त र अन्य प्रान्तबीचको सम्बन्ध तोडिदियो । अर्थात् लकडाउन गर्यो । चीनको उक्त निर्णय पछि वुहानसहित हुवेइका मानिस अन्यत्र जान पाएनन् भने अन्य प्रान्तका मानिस पनि अति आवश्यकता र सरकारी निगरानी बाहेकमा त्यस क्षेत्रमा आउन बञ्देज लाग्यो ।

यो मुलुकको शासन व्यवस्था कडा भएको कारण सम्भव भएको कुरा सामाजिक सञ्जाल तथा मिडियामा बाहिरिएका केही भिडियो फूटेजमा प्रष्टै देखिन्थ्यो कि चिकित्सकहरु घरमै गएर संक्रमितलाई आइसोलेसनमा राख्न जबरजस्ती गरिरहेका थिए । तीव्र रुपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अरु धेरैमा नसरोस् भनेर लिइएको ‘सोसियल डिस्टेन्सिङ’को नीति नै लक डाउन हो ।

महामारी रोग फैलिन नदिन सरकारले यो निर्णय लिएको हो । मलाई लागेको छैन के भयो त भन्ने किसीमको भाव पनि तपाईमा आउन सकछ । तर सुरक्षा नीति लिँदालिँदै पनि कति आक्रान्त हुनुपर्यो ईटली स्पेन फ्रान्स अनि ईरान । उता अमेरिकाको विवरण हेर्नुहोस् । बाजा बजाएर वा ‘ल आएँ है’ भनेर त तपाई हाम्रो शरीरलाई आक्रमण गर्ने त हैन नि ।

दशदिन अगाडी सामाजिक सञ्जालमा सरकारले लिएको लकडाउन नीतिको विरोध गर्दै हतारमा लिइएको निर्णय भन्दै केही मानिसहरुले आलोचना गरिरहेका थिए। हेर्नुहोस् त यो सामाग्री तयार पार्दासम्म नेपालमा पाँच जना संक्रमित भेटिइसकेका छन् । एक जना उपचारपनि विसेक भएर घर फर्किएका छन् भने ४ जनाको उपचार हुँदैछ । त्यसैले अहिले पनि नानाथरी टिकाटिप्पण गरेर समय खेर नफालौँ । यो घरमै बस्ने बेला हो । जो जहाँ हुनुहुन्छ त्यहाँ बस्नुहोस् । अब हामीलाई केहि दिन धैर्यता जरुरत परेको छ ।

विश्वका धेरै मुलुकले आफ्नो देश र जनतालाई बचाउन यो नीति लिएका छन् । यो नीति केही समयका लागि हो । समयमै लकडाउन नगरेका कारण केही मुलुकले यो भाइरसको उच्च जोखिम सामना गरिरहेको हामीले देखेका छौँ। त्यसकारण गम्भीर संकटको सामना गर्नुभन्दा पूर्वतयारी र सावधानीपूर्वक अघि बढ्नको लागि सरकारले यस्तो कदम लिनु स्वागतयोग्य छ । त्यसैले अझ केहि दिन सरकारले यस्तो लकडाउन थपेमा बस्न सकिन्छ भन्ने धैर्यता हामीमा हुनुपर्छ ।

दिनरात कोसिस गर्दापनि कहीँ कतै औषधी र यो रोगविरुद्धको खोप बन्न नसकेको यथार्थलाई स्वीकार्दै यो विषम परिस्थितिमा बाँकी भएको रामवाण अर्थात् अस्त्र ‘लकडाउन’ नै भएको विश्व स्वस्थ्य संगठनले आफ्नो प्रेस नोटमा पनि भनेको छ ।

बाहिर आवतजावत रोक लगाइएको छ ।

अत्यावश्यक सामाग्री किनमेलका लागि निश्चित समय तोकिएको छ ।

लकडाउनमा के के भइरहेका छन् ? 
अन्तरदेशीय आपूर्ति व्यवस्था सुचारु छन् ।

आन्तरिक आपूर्ति व्यवस्था नियमित छन्। त्यसैले दर्जनौँ सिलिन्डर घरमा थुपारेर अरुको चुल्होसम्म बल्न नदिने अपराध जोकोहीले गर्नुहुँदैन ।

एम्बुलेन्स तयारी छन् ।

अस्पतालमा विशेष तयारी छ ।

अग्नी नियन्त्रक अलर्टमा बसेका छन् ।

सुरक्षा निकाय तयारी अवस्थामा छन् ।

खानेपानी, फोहोर बिजुलीजस्ता आधारभूत आवश्यकता सहजै पूर्ति भएका छन् ।

अत्यावश्यकीय वस्तु : नुन, तेल, चामल, ग्यास, इन्धन लगायत सरकारले तोकेको अति आवश्यक २९ वटा वस्तु तथा तिनीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने गृह मन्त्रालयले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐनले प्रत्याभूत गरेका २९ वटा वस्तु तथा सेवा सुपथ मूल्यमा जनतालाई उपलब्धता गराउन सुनिश्चित गर्ने जनाएको छ ।

नआत्तिनुहोस् यी वस्तु तथा सेवा सहजै पाइनेछन् ।

खाद्य पदार्थ अन्तर्गत

चामल (मसिनो, मोटा)
मकै
चिउरा
गहुँ, मैदा र पिठो
दाल (रहर र मास)
नुन,
चिनी,
चिया
खाने तेल (तोरी, भटमास)
घ्यू (वनस्पतिसमेत)
दूध (बेबीफूड तथा पाउडरसमेत)
तरकारी (आलु, प्याज, गोलभेडा)
सबै प्रकारका मासु
फलफूल (मौसम, केरा, स्याउ, सुन्तला)
मसला (जिरा, मरिच, अदुवा, धनिया र खुर्सानी)
अन्य आवश्यकीय पदार्थ

औषधि
बाक्लो कपडा (४० काउण्ट सम्मको धोती साडी समेत)
लुगा धुने र नुहाउने साबुन
मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत
रासायनिक मल
दाउरा तथा कोईला
निर्माण सामाग्रीतर्फ
सिमेन्ट
फलामे छड
कर्कटपाता
जिआई पाईप तथा पोलिथिन पाइप
ईट्टा
काठ
शैक्षिक सामग्रीतर्फ

लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम
न्यूज प्रिन्ट
सरकारले ह्याण्ड स्यानिटाइजर र मास्कलाई पनि यो सूचीमा राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

अहिले नेपालले विदेशी मुलुकसँगको मानवीय सम्पर्क तोडेको छ। नेपालमा नै कोरोना संक्रमण रहेको पुष्टिपछि नेपाल लकडाउन छ । कुनै भेगलाई मात्रै लकडाउन गरिने अथवा एउटा गाउँ पनि लकडाउन हुनसक्छ । यतिबेला किसाहरु बजारसम्म तरकारी लैजान सकस परेका कारण खेतबारीमा तरकारी कुहिएका छन् । शहरी भेगका बासिन्दा महँगो मूल्य तिर्न बाध्य छन् ।

पहिलो चरणको ‘लकडाउन’ पछि ४ जना संक्रमित नेपालभित्रै रहेको अवस्थामा सरकारले पुन: ८ दिन ‘लकडाउन’ को समयावधि थपेको हो । तर यदि सरकारले अहिलेजस्तै प्रभावकारी काम गरेको खण्डमा यसको नतिजा राम्रो आउनेछ । तर त्यसमा हामी नागरिकको अहम् भुमिका हुन्छ । जसरी चीन आज विस्तारै पहिलेको लयमा फर्कन थालेको छ । यो उसले लिएको नीति हो ।

छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाएको थियो । उसले जनता कफ्र्यूको समय थपेको छ । नेपालले पनि कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि लकडाउन गरेको हो । यो कठोर सुरक्षा हो । हाम्रै लागि ।

यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म एघार सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको छ । यस्तै कन्ट्र्याक टेसिङ को काम ८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म एघार सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको र सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९९ जना भर्ना भएको जानकारी दिएका हुन् । विभिन्न जानकारीका लागि ६ हजार ९ सय कल आएकोमा २४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ३ सय २३ कलको गुनासो समाधान गरिएको छ ।

नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकोमा दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज टपिकल सरुवा रोग अस्पतालमा विशेष निगरानीमा उपचार भइरहेको छ । अर्का एकजनाको धनगढीको सेती प्रादेशिक अस्पताल र बाग्लुङको धौवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । एक जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
आज सरकारले आह्वान गरेको लकडाउनको दशौँ दिन हो । महामारी रोक्न र यसबाट बच्न नागरिकलाई सरकारले अपिल गरिरहेको छ । यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कोभिड१९ भाइरस संक्रमण त्रास बढेका कारण स्वास्थ्य समस्या लिएर जाने बिरामी अस्पतालमा भौतारिनुपरेको समाचार आएपछि वीर अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामी जाँचका लागि नयाँ कक्ष निर्माण भएको छ।

उता ५ दिनमा यी तीन लक्षण देखिए तत्काल कोरोनाको परिक्षण गर्न विज्ञले सुझाएका छन् ।
कोरोना भाइरसको खतरा प्रत्येक दिन बढ्दै गईरहेको अवस्थामा मानिसहरु डराइरहेका बेला विज्ञको यस्तो भनाई आएको हो ।
एक रिपोर्टका अनुसार शुरुवाती ५ दिन भित्र शरीरमा यी ३ वटा लक्षण देखा परेको खण्डमा भाइरस अत्याधिक फैलिन सक्छ । जर्नल एनल अफ इन्टरनल मेडिसनको एक रिपोर्टका अनुसार, कोरोना भाइरसका तीन वटा लक्षण शुरुवाती पाँच दिनमा देखिएको खण्डमा तत्काल स्वास्थ्य चौकीमा गएर परिक्षण गराउनु आवश्य छ ।

१, अमेरिकी शोधकर्ताहरुद्वारा जारी यो रिपोर्टमा भनिएको छ कि, कोरोना भाइरसको चपेटामा परेका व्यक्तिहरुको शरीरमा शुरुवाती पाँच दिनमा मानिसहरुलाई सुख्खा खोकी आउन थाल्दछ ।

२, संक्रमितलाई तीव्र ज्वरो आउन थाल्छ र उसको शरीरको तापक्रम अत्याधिक बढ्दै जान्छ । अहिलेसम्म केहि हेल्थ एक्सपर्टले कोरोना भाइरस हुँदा अत्याधिक तीव्र ज्वरो आउने दाबी गरिसकेका छन् ।

३, कोरोना भाइरसको संक्रमण भयो भने शुरुवाती ५ दिनमा मानिसलाई श्वास फेर्न एकदमै असहज हुने गर्दछ । एक रिपोर्टले दाबी गरिसकेको छ कि, श्वासप्रश्वासको समस्या फोक्सोमा समस्या हुँदा देखापर्ने बताएको छ ।

नेशनल हेल्थ सेन्टर (एनएचएस) र वर्ल्ड हेल्थ अर्गनाइजेशन ९डब्ल्युएचओ० ले पनि कोरोना भाइरसको बारेमा यिनै लक्षण देखा पर्ने दाबी गरेको थियो ।

शोधकर्ताहरुले यो रिसर्च चीनको वुहान शहर भन्दा बाहिरका बरिव ५० इलाकामा गरेको थियो । हेल्थ एक्सपोर्टले यस शोधपछि मानिसहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने सल्लाह पनि दिएका छन् ।

रिपोर्टका अनुसार कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण खोकी, ज्वरो, फ्लू, इन्फेक्सन र निमोनियासँग धेरै मिल्दोजुल्दो रहेको बताएका छन् ।

तर सामान्य तरिकाले हुने फ्लू इन्फेक्सनमा केहि दिन पछि नै बिरामीहरु रिकभरी हुने र निमोनिया केहि हप्ता वा महिनासम्म रहने शोधले बताएको छ । अहिले नेपालमा जाडोयाम सकिएर गर्मि लागेको छ । मौसममा आएको परिवर्तनले सामान्य रुघाखोकी देखिन सक्छ । नआत्तिनुहोस् तर सावधान रहनुहोला ।

यसअघि लोकपथमा प्रकाशित यो समाग्री पनि पढ्नुहोस् ।

कोरोना महामारी : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
‘कोरोना भाईरस अमेरिकी जैविक हतियार’ : रुसी टीभीको लान्छना
कोरोना भाइरसको औषधि बनाएको अमेरिकी वैज्ञानिकको दाबी

वैज्ञानिकको दाबी
यतिबेला विश्व समुदाय कोरोनाको कारण आक्रान्त बनेको छ । विज्ञ तथा वैज्ञानिकहरुले त्यसको रोकथामको लागि पहल गरिरहेका छन् । अष्ट्रेलियामा पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अष्ट्रेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण तथ्य पत्ता लागेको जनाएका छन् । जसका कारण अष्ट्रेलियाका वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको जनाइएको छ ।

उक्त परिक्षणका लागि वैज्ञानिकले कोरोना संक्रमित ४० वर्षीया महिलाको रगत जाँच गरेका थिए र त्यसबाट हरेक मानिसको शरीरको प्रतिरक्षा प्रणालीले जसरी आमरुपमा फ्लुसँग लड्छ, त्यसैगरी कोभिड १९ विरुद्ध पनि लड्न सक्छ भन्ने पत्ता लागेको जनाइएको छ । त्यसैका आधारमा मानव शरीरको प्रतिरक्षा प्रणालीले कोरोना संक्रमणविरुद्ध कसरी काम गर्छ भन्ने कुरा पत्ता लागेको हो । साथै त्यसको सफल परीक्षणपछि निदानका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान वैज्ञानिकको रहेको छ ।

डाक्टरहरुको निगरानी तथा उपचारका कारण कोरोनाबाट संक्रमित ती महिला अहिले स्वस्थ भइसकेको जनाइएको छ भने उक्त परीक्षणबाट कोरोनाको निदान गर्न सकिने दाबी वैज्ञानिकहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?