काठमाडौं – गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वलाई आतंकित बनाइरहेका बेला तिव्र रुपमा बढेको मृतक संख्याले झनै त्रास बढाएको छ । हो, भाइरस निस्केको ३ महिना अर्थात् ९० दिन भइरसकेको छ । तर यसविरुद्धको भ्याक्सिन वा औषधी पत्ता लागेको छैन । यो समाचार तयार पार्दासम्म ४७ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने ९ लाख ३५ हजार २ सय ८७ जना यसबाट संक्रमित छन् । एक लाख ९३ हजार ९ सय ९८ जना मानिस उपचार पछि निको भएर घर फर्किएका छन् ।
यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म एघार सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको छ । यस्तै कन्ट्र्याक टेसिङ को काम ८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म एघार सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको र सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९९ जना भर्ना भएको जानकारी दिएका हुन् । विभिन्न जानकारीका लागि ६ हजार ९ सय कल आएकोमा २४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ३ सय २३ कलको गुनासो समाधान गरिएको छ ।
नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकोमा दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज टपिकल सरुवा रोग अस्पतालमा विशेष निगरानीमा उपचार भइरहेको छ । अर्का एकजनाको धनगढीको सेती प्रादेशिक अस्पताल र बाग्लुङको धौवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । एक जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
आज सरकारले आह्वान गरेको लकडाउनको दशौँ दिन हो । महामारी रोक्न र यसबाट बच्न नागरिकलाई सरकारले अपिल गरिरहेको छ । यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कोभिड१९ भाइरस संक्रमण त्रास बढेका कारण स्वास्थ्य समस्या लिएर जाने बिरामी अस्पतालमा भौतारिनुपरेको समाचार आएपछि वीर अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामी जाँचका लागि नयाँ कक्ष निर्माण भएको छ।
उता ५ दिनमा यी तीन लक्षण देखिए तत्काल कोरोनाको परिक्षण गर्न विज्ञले सुझाएका छन् ।
कोरोना भाइरसको खतरा प्रत्येक दिन बढ्दै गईरहेको अवस्थामा मानिसहरु डराइरहेका बेला विज्ञको यस्तो भनाई आएको हो ।
एक रिपोर्टका अनुसार शुरुवाती ५ दिन भित्र शरीरमा यी ३ वटा लक्षण देखा परेको खण्डमा भाइरस अत्याधिक फैलिन सक्छ । जर्नल एनल अफ इन्टरनल मेडिसनको एक रिपोर्टका अनुसार, कोरोना भाइरसका तीन वटा लक्षण शुरुवाती पाँच दिनमा देखिएको खण्डमा तत्काल स्वास्थ्य चौकीमा गएर परिक्षण गराउनु आवश्य छ ।
१, अमेरिकी शोधकर्ताहरुद्वारा जारी यो रिपोर्टमा भनिएको छ कि, कोरोना भाइरसको चपेटामा परेका व्यक्तिहरुको शरीरमा शुरुवाती पाँच दिनमा मानिसहरुलाई सुख्खा खोकी आउन थाल्दछ ।
२, संक्रमितलाई तीव्र ज्वरो आउन थाल्छ र उसको शरीरको तापक्रम अत्याधिक बढ्दै जान्छ । अहिलेसम्म केहि हेल्थ एक्सपर्टले कोरोना भाइरस हुँदा अत्याधिक तीव्र ज्वरो आउने दाबी गरिसकेका छन् ।
३, कोरोना भाइरसको संक्रमण भयो भने शुरुवाती ५ दिनमा मानिसलाई श्वास फेर्न एकदमै असहज हुने गर्दछ । एक रिपोर्टले दाबी गरिसकेको छ कि, श्वासप्रश्वासको समस्या फोक्सोमा समस्या हुँदा देखापर्ने बताएको छ ।
नेशनल हेल्थ सेन्टर ९एनएचएस० र वर्ल्ड हेल्थ अर्गनाइजेशन (डब्ल्युएचओ) ले पनि कोरोना भाइरसको बारेमा यिनै लक्षण देखा पर्ने दाबी गरेको थियो ।
शोधकर्ताहरुले यो रिसर्च चीनको वुहान शहर भन्दा बाहिरका बरिव ५० इलाकामा गरेको थियो । हेल्थ एक्सपोर्टले यस शोधपछि मानिसहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने सल्लाह पनि दिएका छन् ।
रिपोर्टका अनुसार कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण खोकी, ज्वरो, फ्लू, इन्फेक्सन र निमोनियासँग धेरै मिल्दोजुल्दो रहेको बताएका छन् ।
तर सामान्य तरिकाले हुने फ्लू इन्फेक्सनमा केहि दिन पछि नै बिरामीहरु रिकभरी हुने र निमोनिया केहि हप्ता वा महिनासम्म रहने शोधले बताएको छ । अहिले नेपालमा जाडोयाम सकिएर गर्मि लागेको छ । मौसममा आएको परिवर्तनले सामान्य रुघाखोकी देखिन सक्छ । नआत्तिनुहोस् तर सावधान रहनुहोला ।
यसअघि लोकपथमा प्रकाशित यो समाग्री पनि पढ्नुहोस् ।
कोरोना महामारी : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
‘कोरोना भाईरस अमेरिकी जैविक हतियार’ : रुसी टीभीको लान्छना
कोरोना भाइरसको औषधि बनाएको अमेरिकी वैज्ञानिकको दाबी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया