कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार ९०० पुग्यो, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० हजार ९सय पुगेको छ । हालसम्म कोरोना भाइरसबाट विश्वभर ६ लाख ६५हजार २ सय ९५ जना संक्रमित भइसकेको वर्ड मिटरको तथ्यांक छ ।

आइतबार बिहानसम्ममा इटलीमा १० हजार २३ जनाको मृत्यु भइसकेको छ । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु इटलीमा भएको छ । अमेरिकामा कोरोना संक्रमित एक लाख २३ हजार बढी पुगेका छन् भने हालसम्म दुई हजार २२९ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ५ हजार ९८२ बढीको मृत्यु भइसकेको छ भने फ्रान्स र इरानमा पनि मृत्यु हुनेको संख्या दुई हजार नाघेको देखिएको छ ।

एशियाका चीन र ईरानमा सबैभन्दा धेरैको मृत्यु

एशियामा चीन अझै पनि भाइरसबाट धेरै नोक्सा नझेल्नेवाला देशको सूचीमा अग्र स्थानमा छ । चीनमा अहिले भाइरसका रोगीहरु कम हुँदै गएको बताइएको छ ।

चीनमा ८१ हजार ४ सय ३९ जनामा कोरोनाका संक्रमणहरु देखा परेका छन् भने भाइरसबाट अहिलेसम्म ३३ सय जनाको मृत्यु भएको छ । त्यसपछि भने ईरानमा अहिलेसम्म ३५ हजार ४ सय ८ जनामा कोरोनाका संक्रमितहरु पाइएका छन् भने महामारीका कारण २५ सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा कोरोनाका संक्रमितहरु १४ सय ९५ रहेका छन् भने महामारीबाट १२ जनाकाृ ज्यान गएको छ ।

त्यस्तै भारतमा कोरोनाबाट २४ जनाको ज्यान गएको छ भने ९ सय ८७ जना भाइरसको चपेटामा परेका छन् । नेपालमा भने कोरोनाका अहिलेसम्म ५ जना संक्रमित फेला परेका छन् । भाइरसको महामारी अहिलेसम्म विश्वका १९९ वटा देशमा पुगिसकेको छ । अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु रहेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?