काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित को सङ्ख्या ४ पुगेको छ । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । हाल उनको अवस्था सामान्य छ ।
उनी ३४ वर्षका नेपाली पुरूष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनको जानकारी अनुसार उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ । “उनी दुबईबाट आएका हुन् । उनको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयले भनेको छ, “उनी चैत ११ गते भर्ना भएका हुन् । स्वाबको नमुना परीक्षण गर्दा उनीमा कोरोना पोजेटिभ देखिएको हो ।”
यसअघि तीन जनामा संक्रमण देखिएको थियो । जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया