चिकित्सा शिक्षा विधेयक नमान्ने चिकित्सकहरुको चेतावनी

काठमाडौं, २० माघ । चिकित्सकहरुले चिकित्स अध्यादेशमार्फत् आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नमान्ने चेतावनी दिएका छन् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकूलपति डा. गणेशबहादुर गुरुङले प्राज्ञहरुसँग छलफल समेत नगरी आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरुलाई मान्य नहुने अडान राखेका छन् उनले विश्वविद्यालयको स्वायत्त अधिकारमाथि नै बन्देज लगाउने गरी ल्याइएको अध्यादेश कार्यान्वयनमा आउने अवस्थामा नरहेको दाबी समेत गरे शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमाथिको बहस’ कार्यक्रममा बोल्दै उपकूलपति गुरुङले सीमित व्यक्तिको हितमा केन्द्रित भएर सरकारले ऐन, कानुन बनाउन नमिल्ने प्रष्ट पारे । उनले आफू एउटै उच्च विश्वविद्यालयको पक्षमा रहेको पनि स्पष्ट पारे चिकित्सकहरुले चिकित्सासम्बन्धि अध्यादेश ल्याउँदा प्राज्ञिक क्षेत्रको राय, सुझावलाई मुख्य आधार बनाउनुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?