काठमाडौं । हलिउड एक्टर टम ह्यांक्स र उनकी श्रीमती रीटा, जेम्स बन्ड सीरीज फेम एक्ट्रेस ओल्गा करिलेन्के पछि अब एभेन्जर्स फेम इद्रिस एल्बा र गेम अफ थ्रोन्स स्टार क्रिस्टोफर हिवजुलाई कोरोना भएको छ ।
यसको सूचना उनीहरुले सोसल मिडियाबाट दिएका हुन् । इद्रिस एल्बाले एक ट्वीट गर्दै चेकअपका क्रममा कोरोना पाजेटिभ पाइएको बताएका हुन् ।
उनले भनेका छन्, ‘अहिले सम्म मलाई कोरोनाको केहि लक्षण छैन, तर परिक्षणमा पोजेटिभ आएकोले आइसोलेट भएको छु र एक्लै समय बिताइरहेको छु , साथीहरु तपाई सतर्क रहनुहोस्, म तपाईलाई मेरो बारेमा जानकारी दिई नै रहनेछु ।’
This morning I tested positive for Covid 19. I feel ok, I have no symptoms so far but have been isolated since I found out about my possible exposure to the virus. Stay home people and be pragmatic. I will keep you updated on how I’m doing 👊🏾👊🏾 No panic. pic.twitter.com/Lg7HVMZglZ
— Idris Elba (@idriselba) March 16, 2020
त्यस्तै क्रिस्टोफर हिवजुले इन्स्टाग्राममा एक पोस्ट गर्दै लेखेका छन्, ‘यो बताउँदै गर्दा मलाई अत्याधिक दुख लागिरहेको छ कि, आज मेरो कोरोना भाइरसको टेस्ट पोजेटिभ आएको छ, म र मेरो परिवार त्यो बेला सम्म घरको आइसोलेटमा नै रहन्छौँ, जबसम्म यो निको हुँदैन, मेरो स्वास्थ्य ठीक छ, तर मलाई हल्का रुघाखोकी लागेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया