रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने तयारीमा युभेन्ट्स

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गर्ने भएको छ । युभेन्ट्सले रोनाल्डोसँग थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गर्ने तयारी गरेको हो ।

३५ वर्ष पुगेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम गरिरहेपछि युभेन्ट्सले रोनाल्डोसँगको सम्झौता नवीकरण गर्न लागेको इन्ग्लिश अनलाइन द सनले जनाएको छ ।

सन् २०१८ मा युभेन्ट्स आएका रोनाल्डोको क्लबसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ । तर, युभेन्ट्सले रोनाल्डोलाई ३९ वर्षको पुग्दासम्म क्लबमै राख्न चाहेको बताईएको छ ।

स्पेनिस क्लब रियलका पूर्व स्टार रोनाल्डोले ३५ वर्षको उमेरमा समेत युभेन्ट्सको जितमा महत्वपूर्ण गोल्हारू गरिरहेका छन् । रोनाल्डोले सिरी ए र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै लियोनल मेस्सीसँगै आफुलाई पनि विश्वको उत्कृष्ट भएको प्रमाणित गरिरेहका छन् ।

यस सिजन रोनाल्डोले क्लबका लागि ३२ खेलमा २५ गोल गरिसकेका छन् । एजेन्सी

यो पनि पढुनुहोस् :  सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

स्पोर्टिङ क्लबले गर्यो यस्तो निर्णय, रोनाल्डोको नाममा रंगशालाको नामाकरण

९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्, १ र २ मिनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?