काठमाडौं । पेंगुइन एक सुन्दर पंक्षी हो तर उड्न सक्दैन । यो एउटा यस्तो पंक्षी हो, जो १७ देखि १९ प्रजाती सम्मका पाइन्छन् ।
पेंगुईन धेरैजसो दक्षिणी गोलाद्र्धमा अन्टाकएटिकाको नजिक पाइन्छ । यो आफ्नो धेरै समय चिसो समुन्द्रमा बिताउने गर्दछ । एक वैज्ञानिक अध्ययनका अनुसार भने लाखौँ वर्ष पहिला पेंगुइन पनि धेरै माथि उचाईमा उड्न सक्ने पत्ता लागेको थियो ।
अर्जेन्टिनाका शोधकर्ताहरुले मारम्बियो द्वीपमा ४.३ लाख करोड वर्ष पुरानो पेंगुइनको प्वाँखको छालाको जीवाश्म फेला राखेका छन् । यो जीवाश्म सन् २०१४ मा एक शोध मिशनको बेला खोजिएको थियो ।
ला मैटान्जा नेशनल युनिभर्सीटीमा वैज्ञानिकहरुले प्रकटीकरणका लागि अर्जेन्टिनाको जीवाश्म विज्ञानी क्यारोलिना एकोस्टा अस्पतालेचेद्वारा ला प्लाटा संग्रहालयमा जीवाश्मको अध्ययन गरेका थिए ।
यो जीवाश्म छाला पलाइयुडाईप्ट्स गुन्नारीसँग सम्बन्धित छ, जो केहि विलुप्त भईसकेकोे प्रजातीमध्येको एक हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया