हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउँन सक्दैनौं । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तव मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौं । चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनतः हरेक व्यक्तिमा आफ्नो गुण हुन्५ तर, आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन–कुन राशि भएका मानिस अधिक चलाक र बुसद्धमान हुन्छन् । ज्योतिषशास्त्रका अनुसार, आज यहाँ ती राशिहरुको बारेमा चर्चा गरिएको छ, जो सबैभन्दा बढी बुद्धिमान मानिसको श्रेणीमा पर्छन् तुला राशिः– हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएमा महिलाहरु आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका मानिसहरु आफ्नो स्तरमा सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन् । यदि कुने सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन । तुला राशि भएका मानिसहरुसँग हरेक समस्याको समाधान हुन्छ । जब कुनै पनि सकस्या उत्पन्न भएमा यस राशिका मानिसले हरेक किसिमले समाधान निकालेर नै छोड्छन् । यस राशिका महिलाहरु एकदमै मिलनसार मित्र र राम्रो सल्लाहकार मानिन्छन् कुम्भ राशिः– कुम्भ राशिको महिलाहरु सबैभन्दा बढी समझदार हुन्छन् किनकि यी मानिस हरेक स्थिति अनुकूल नै निर्णय लिन्छन् । यस राशिका मानिस सबैभन्दा अलग सोचका हुन्छन् । यिनिहरुको दिमागमा सधैँ अलग र क्रिएटिभ आइडियाले जन्म लिन्छ । यो राशि भएका मानिस आफ्नो कुशलतालाई देखाउन कहिलै पछि हट्दैनन् । यी मानिसहरुमा सबैको मनमा राज गर्ने कौशल हुन्छ । यिनीहरु ज्ञानको धनि हुन्छन्, आफ्नो गहन ज्ञानको कारणले यी मानिस हरेक समस्याको कुनै न कुनै हल निकाल्छन् कन्या राशिः– आलोचक र विश्लेषक ज्योतिष शास्त्र अनुसार कन्या राशि हुने मानिसहरुको सबैभन्दा ठूलो विशेषता नै यिनीहरु ज्यादै बुद्धिमानी हुन्छन् । यी मानिसहरुले उचित अवस्थामा मात्र प्रतिक्रिया जनाउँछन् । यिनीहरु एक–एक गरि आफ्नो दिमागमा विचारलाई सिर्जना गर्दछन् र सही समयमा नै बलियो रहेको त्यस विचारलाई सबैको अगाडी देखाउँछन् । यी मानिसहरु अवस्थालाई विश्लेषण गरेर मात्र अगाडी बढ्छन् मीन राशिः– यस राशिलाई भावुक राशि भनिन्छ र जब कुरा दिमाग चलाउने आएमा यो राशि भएका मानिसहरु आफ्नो हिसाबले काम गर्छन् । यदि यिनीहरुमा कुनै एकदमै महान विचार छ भने त्यसमा हृदय देखि नै काम गर्छन् र त्यसलाई सबैको सामु ल्याउन अधिक मेहेनत गर्छन् । यी राशि भएका मानिसहरु एक महान बुद्धिको स्वामी हुने गर्छन् सिंह राशिः– चलाखको राजा सिंह राशि भएका महिलाहरुलाई यदि कुनै यस्ता काम दिनुहोस्, जसमा बढी दिमाग लगाउनु पर्ने आवश्यक पर्दछ । हुनसक्छ कि उनीहरुले पहिलो पटक त्यो काम नबुझे पनि तर हार मान्देनन् । यस राशिका मानिसहरुे थोरै ढिलो समझादरी देखाउँछन् तर, यसको अर्थ यो पनि होइन कि यी मानिसहरु बुद्धिमान हुँदैन । यिनीहरु कुनै पनि काम सोच्नेको लागि थोरै समय लगाउँछन् तर, यिनीहरुले एक पटक गर्छु भनेपछि त्यो गरेर छोड्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया