काठमाडौं । बंगाली अभिनेता सन्तु मुखोपाध्यायको ६९ वर्षको उमेरमा बुधवार निधन भएको छ । उनले संसार सिमान्ते, भलोबासा जस्ता फिल्ममा अभिनय गरेका थिए ।
कार्डिएक अरेस्टका कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी लामो समय देखि कार्सिनोमाबाट पीडित थिए ।
४ फेब्रुअरीमा उनलाई ब्लड शुगर र उच्च रक्तचापका कारण अस्पताल भर्ना गरिएको थियो । उनले २४ वर्षको उमेरमा निर्देशक तपन सिन्हाको फिल्म खेलेका थिए । अन्तिम पटक उनले फिल्म सन्जभतीमा अभिनय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया