पत्र लेख्दै फिफाले दियो मछिन्द्रलाई बधाई !

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै फिफाले मछिन्द्रलाई बधाई तथा शुभकामना सन्देश पठाएको हो । फिफाले क्लबको कडा मेहेनत, धैर्यता र प्रतिबद्धताको कारण मछिन्द्रले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ ।

यस अघि मछिन्द्रलाई एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडेरसन (एएफसी) ले पनि बधाई दिएको थियो । शनिबार सम्पन्न लिगमा त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि चुमेको थियो ।

 

यो पनि पढ्नुहोस् : एएफसीले दियो लिग च्याम्पियन मछिन्द्रलाई बधाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?