एएफसीले दियो लिग च्याम्पियन मछिन्द्रलाई बधाई

काठमाडौं । एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडेरसन (एएफसी) ले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै एएफसीले मछिन्द्रलाई बधाई तथा शुभकामना सन्देश पठाएको छ ।

एएफसीले मछिन्द्रलाई एएफसी क्लब च्याम्पियनसिपको लागि समेत शुभकामना दिएको छ । तर, कुनै पनि नेपाली क्लबले क्लब लाइसेन्स प्राप्त नगरेको कारण एएफसी क्लब च्याम्पियनसिप खेल्न पाउने छैनन् ।

यस्तै एएफसीले अन्य क्लब र एन्फालाई पनि सफलतापुर्वक सम्पन्न गरेकोमा बधाई दिएको छ ।

शनिबार सम्पन्न लिगमा त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो । लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १-० ले हराएको थियो ।आर्मीलाई हराउँदै मछिन्द्र च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?