डिम्पल भएका महिलाका विशेषता

काठमाडौँ, १५ माघ । हाँसेको समयमा केही व्यक्तिहरुको गालामा प्वाल पर्ने गर्छ जसलाई डिम्पल भनिन्छ । हाँस्दा गालामा डिम्पल परेको छ भने त्यसले सुनमा सुगन्ध थपिदिँछ । र त्यो मुस्कानलाई अझ तेजीलो बनाउन पुग्छ विश्वमा सायदै मानिस होलान् जसलाई डिम्पल मन नपरोस् । तर डिम्पलको बारेमा शास्त्र र पुराणमा पनि आ–आफ्नो तर्क दिएका छन् वष्णिु पुराणका अनुसार, हाँसेको समयमा जुन केटीको गालामा प्वाल पर्छ त्यसको बैवाहिक जीवन सुखमय हुन्छ । श्रीमान–श्रीमतिबीचको सम्बन्ध राम्रो हुन्छ । तर केटीको घरमा डिम्पललाई राम्रो मानिदैन पुराणका अनुसार, डिम्पल भएकी महिलाकी सासु हुँदैन । यदि भइहालेको खण्डमा उनलाई धेरै दिन सुख मिल्दैन त्यस्ते, ज्योतषिशास्त्रका अनुसार, गालामा डिम्पल पर्नु जन्मने समयमा शुक्रको मजबुत स्थितिका कारण हो शुक्र पे्रम र यौनको कारक ग्रह हो । त्यसैले यस्ता केटीमा कामभाब बढी हुन्छ । यस्ता केटी बढी सुखि हुन्छन र डिम्पल भएका केटीको प्रेम सम्बन्ध धेरै मानिससँग रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?