ललितपुरको लेलेमा बम फेला, अनुसन्धान गर्दै प्रहरी

ललितपुर – ललितपुरको गोदावरी नगरपालिकास्थित लेलेमा बम फेला परेको छ । एक नवनिर्मित भवनको बरण्डामा उक्त वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबरपछि घटनास्थल पुगेको प्रहरीले उक्त वस्तु प्लाष्टिक ह्याण्ड ग्रीनेट बम भएको बताएको छ । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यसअघि विभिन्न स्थानमा (सडक, चोक, चौतारा, तरकारी बजार, संस्थानमा ) कहिले बम त कहिले शंकास्पद वस्तु राखेर आतंक फैलाइरहेको छ । यसअघि गोंगबुमा शंकास्पद वस्तु फेला परेको थियो । यस घटनाबारे वृस्तित विवरण आउन बाँकी छ । लोकपथ डटकम लगईन गरिरहनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?