मैदानअघि आइपीएलको लिलामीमा नै प्रीति जिन्टाको डिप्पलको जादु (तस्बिरहरु)

मुम्बई । आइपीएलको खेलाडी लिलामीका क्रममा प्रीति जिन्टा निकै उत्साहका साथ खेलाडी किन्नमा लागिन् । उनले खेलाडीलाई बढीबढी बोली लगाउँदा केही खेलाडीले अनुमान गरेको भन्दा बढी रकममा अनुबन्धित हुने अवसर समेत पाए प्रीतिले पहिलो पटकमा नै शिखर धवनमाथि उच्च बोली लगाएकी थिइन् र अन्तिममा ५ करोड २० लाखको अन्तिम बोली लगाएकी थिइन् । तर आरटीएमका कारण सनराइजर्स हैदरावादले उनलाई आफ्नै टिममा राख्यो । त्यसपछि पनि उनी उत्साहपूर्वक अक्सनमा खेलाडी किन्न कस्सिएकी देखिइन् । उनको यो दृष्य देखेपछि भारतको राष्ट्रिय टोलीका पूर्व खेलाठी वीरेन्द्र सहभवागले समेत ट्विट गर्दै कमेन्ट गरे, ‘महिलाहरुलाई शपिङको शौक हुन्छ । प्रीति जिन्टा फुल अन शपिङ मूडमा छन् । हरेक वस्तु किन्नुपर्छ ।’प्रीतिले केही खेलाडीलाई उत्साहका साथ खरिद गरिन । उनले आर आश्विनलाई ७ करोड ६० लाखमा किनिन् भने आरोन फिन्चलाई ६ करोड २० लाख र डेभिड मिलरलाई ३ करोडमा किनिन् । यसक्रममा उनको जादुमयी मुस्कान छाएको देखिन्थ्यो उनले केही समय निराशाको पनि सामना गर्नुपर्‍यो । सबैभन्दा धेरै पैसा तिर्न तयार भएपनि केही खेलाठी उनले आरटीएमका कारण किन्न सकिनन् । जसमा शिखर धवन समेत थिए । पछि उनले आरटीएमबाट आफू हैरान भएको प्रतिक्रिया दिइन् युवराज सिंहलाई किनेपछि उनले ट्विटमा नै त्यो खुसी साटिन् । उनले लेखिन्, ‘युवीका फिर्ती भयो । मेरा लागि योभन्दा खुसीको कुरा अरु हुनसक्दैन ।’लिलामीका क्रममा र त्यसपछि पनि प्रीति आफूले खेलाठी किनेकोमा धेरै खु्सी देखिएकी थिइन् । यसपटक उनले राम्रा खेलाडी किनेपनि कस्तो नतिजा ल्याउँछन् भन्ने चाँही मैदानमा मात्रै स्पष्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?