मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामा संकलित रु एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् रकम हस्तान्तरण गर्दै एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले पकुवालको शीघ्र स्वास्थ्यलाभको काम गरे । पीडित पत्रकारको दुवै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?