कोरोना भाइरस : ८ सय बढीको मृत्यु

काठमाडौं । चीनको हुवई प्रान्तबाट सुरु भएको नोबेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ३ पुगेको छ । भाइरस फैलिएको स्थान हुवई प्रान्तमा मात्र ७ सय ८० जनाको मृत्यु भएको छ ।

उक्त भाइरसबाट विश्वभरमा ३४ हजार ८ सयभन्दा धेरै संक्रमित चिनियाँ रहेका छन् । चीन बाहिर फिलिपिन्समा समेत कोरोना संक्रमित चिनियाँ नागरिकको मृत्यु भइसकेको छ। शनिवारमात्रै भाइरसबाट संक्रमित दुई विदेशी नागरिकको मृत्यु भएको थियो। जापान र अमेरिकाका उनीहरु हुवईमा वसोवास गर्दै आएका थिए।

संक्रमणको खतरा बढेपछि हङकङले चाइनाबाट आउने सबैलाई दुईहप्ता क्वारेन्टटाइनमा राख्ने नियम ल्याएको छ । हङकङबासीलाई सरकारले घरबाट बाहिर ननिस्किन भनेको छ । हङकङमा २६ जनामा उक्त भाइरस देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?