काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएकी गियाना ब्रायन्टको २ जर्सीलाई स्कुलले रिटायर्ड गरेको छ ।
दुर्घटनामा निधन भएकी गियानाको सम्मानमा हार्बर डे स्कुल बास्केटबल टिमले २ नम्बर जर्सीलाई रिटायर्ड गरेको हो । अब स्कुलको टिमले २ नम्बरको जर्सी प्रयोग गर्ने छैनन् ।
स्कुलले एक कार्यक्रम राख्दै श्रदान्जलीसहित गियानाको जर्सी रिटायर्ड गरिएको जनाएको छ । गियाना स्कुल टिमको मुख्य खेलाडी समेत थिइन् ।
चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको छोरी समेत रहेकी १३ वर्षीय गियानाको गत आइतबार क्यालीफोर्नियामा हेलिकप्टर दुर्घटनमामा निधन भएको थियो । गियानासँगै कोबे र अन्य सात मानिसको समेत निधन भएको थियो । एजेन्सी
यो पनि पढ्नुहोस्:
क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु
बास्केटबलका ‘स्टार’खेलाडी कोबेको मृत्यु : लेखेका थिए यस्तो भावुक कविता‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया