ए डिभिजन लिगमा दुई खेल हुँदै, को-को भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा संकटा र थ्री स्टार भिड्नेछन् । थ्री स्टार १७ अंक सहित चौथो र संकटा १५ अंक सहित लिगको पाँचौ स्थानमा छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा पुलिस र ब्रिगेड भिड्ने छन् । पुलिस शीर्ष ६ मा आफुलाई सुरक्षित गर्ने दाउमा हुनेछ भने ब्रिगेड रेलिगेशन जोनबाट आफुलाई सुरक्षित राख्न चाहन्छ ।

पुलिस १४ अंक सहित आठौं र ब्रिगेड ८ अंक सहित ११ औ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?