स्थानीय सरकार ऐन संशोधनको तयारीमा सरकार, तीन दिनभित्र सुझाव दिन आग्रह

लोकपथ
308
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले स्थानीय तह तथा वडाको संख्या र सीमाना हेरफेरसम्बन्धी कानुनको मस्यौदामा सरोकारवालासँग सुझाव माग गरेको छ ।

मन्त्रालयले जिल्ला समन्वय समिति, स्थानीय तह र सम्बन्धित निकायलाई पत्राचार गर्दै मस्यौदामाथि राय दिन आग्रह गरेको जनाएको छ ।

सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत दफा ३, ५, ६, ७ र ८ मा संशोधन गर्ने तयारी गरेको छ । सोही अनुसार गाउँपालिका तथा नगरपालिका, वडाको संख्या र सीमाना हेरफेर, स्थानीय तहबीच गाभिने प्रक्रिया तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड समेटिएको प्रारम्भिक मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ लाई बोधार्थ दिँदै सहजीकरणका लागि आग्रह गरेको छ । यस विषयमा कुनै राय सुझाव भए तीन दिनभित्र मन्त्रालयको इमेलमार्फत पठाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?