मृतक बास्केटबल खेलाडी कोबेप्रति नेयमारले गरे आफ्नो गोल समर्पण

काठमाडौं । लिलीविरुद्धको खेलमा गोल गरेपछि नेयमारले हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका लिजेण्ड कोबी ब्रायन्टलाई समर्पित गरेका छन् ।  बास्केटबलका समर्थक नेयमारले पाँच पटकको एनबिए च्याम्पियन कोबीलाई सन् २०१७ मा भेट गरेका थिए ।

त्यस्तै, क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो ट्वीटर मार्फत मृतक कोबेप्रति समवेदना व्यक्त गरेका छन् ।

 

 

केलियन एमबाप्पेले पनि आफ्नो ट्वीटर मार्फत मृतक कोबेप्रति समवेदना व्यक्त गरेका छन् ।

ग्यारेथ बेलले पनि आफ्नो ट्वीटर मार्फत मृतक कोबेप्रति समवेदना व्यक्त गरेका छन् ।

लिफोर्नियाको क्यालाबास शहरमा हेलिकप्टर दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको सहित ९ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा कोबे, उनकी छोरी जियाना सहित ९ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । घटना त्यहाँको स्थानिय समय अनुसार बिहान १० बजे दुर्घटना भएको थियो ।

४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो।

एजेन्सी

यो पनि पढ्नुहोस् : क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?