मिलन गुरुङलाई ७ दिन थुनामै राख्न अदालतको आदेश

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ ।

मिलनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले प्रहरीलाई अनुमति दिएको हो ।

खातामा पैसा नभइ चेक दिएको भन्दै मिलनविरुद्ध किटानी जाहेरी परेपछि शुक्रबार पक्राउ परेका थिए । मुख्यमन्त्री कपमा खेलाडीका लागि आवास तथा मैदान व्यवस्थापन नगरेको भन्दै सांसद राजीव गुरुङले मंगलबार मिलनलाई झापडसमेत हानेका थिए ।

राजीवबिरुद्ध जाहेरी दिएपछि मिलनविरुद्ध पनि बैंकिङ कसुर गरेको भन्दै जाहेरी परेको थियो ।

मिलनले बुधबार राजीवविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसको भोलिपल्ट बिहीबार राजीव पक्राउ परेपछि मिलनका विरुद्ध पनि जाहेरी परेको थियो । मिलन शुक्रबार पक्राउ परेका हुन् ।

यो पनि पढ्नुहोस् :

दीपक मनाङ्गे पक्राउ

गुरुङमाथि भएको हातपातमा बल्ल बोल्यो एन्फा ! (विज्ञप्तीसहित)

मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा अध्यक्ष गुरुङ पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?