साउदी अरबमा एक नेपाली युवकको मृत्यु

काठमाडौं । साउदी अरबमा एक नेपाली युवकको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि साउदी अरब पुगेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४, रम्पुरा मल्हनियाका ३२ वर्षीय शम्भु खत्वेको मृत्यु भएको हो ।

उनी वैशाख २६ गते वर्क कोर्स साउदिया इस्ताक्दमु कम्पनीमा काम गर्न साउदी अरब गएका थिए । काम गर्दा गर्दै शुक्रबार बिरामी परेका उनको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

उनका परिवारजनले मृतक खत्वेको शव साउदीबाट ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?