यस्तो मन्दिर जहाँ भिसा पाउन पासपोर्ट छुवाईन्छ, हवाइजहाज चढाईन्छ

एजेन्सी । तपाई कत्तिको घुमफिर गर्नुहुन्छ ? पक्कैपनि हिजोआज समय अनुसार आफ्नो बजेटले भ्याएसम्म मानिसहरु संसारका सुन्दर सहरहरु घुमेर आफ्नै आँखाले सुन्दर दृश्यको आस्वादन गर्न चाहन्छन् ।

डुल्ने घुम्ने रहर तुलनात्मक रुपमा अन्य उमेर समुह भन्दा यूवापुस्तामा बढी हुन्छ । त्यसमाथि अहिले अध्ययनका लागि विश्वका विभिन्न सहरहरुमा पुग्नेहरु उत्तिकै हुन्छन् ।

तर अर्को देशमा जानको लागि केहि बाहेक हरेक देशका नागरिकलाई भिसा आवश्यक पर्छ । तर बिडम्बना त्यस देशको नियमानुसार सबैको भिसा नलाग्न पनि सक्छ । अनि के गर्ने त ?

हो, यसरी आफूले जान चाहेको ठाउँमा जान नपाएर वा रिजेक्ट भएका यूवाहरु वा वैदेशिक रोजगारीबाट फर्केकाहरुले फेरी त्यहि स्थानमा जान पाउँ भन्दै भगवानको पाउमा पूजा आराधना गरेको पनि सुन्नुभएकै होला तर संसारमा अनेकन आश्चर्य छ, यो पनि तपाईलाई थाहा छ ।

त्यहि आश्चर्यको लर्कोमा अर्को एउटा आश्चर्य हो, भारतको एक मन्दिर जहाँ पूजा आराधना र प्रार्थनाका लागि अबिर केशरी भेटी र प्रसाद मात्रै लगिन्न । त्यहाँ जानेहरुले हातमा पासपोर्ट बोकेका हुन्छन् । हो, उक्त मन्दिरमा भिसा लागोस् भनेर पासपोर्ट छुवाईन्छ ।

भारतको तेदंगना राज्यमा रहेको मन्दिरको नाम चिल्कुर बालाजी हो । मन्दिरमा गएर पूजा गर्दा मन्दिरको वरिपरि घुम्ने र आफू कुन देशमा जान चाहेको हो त्यो देशको नाम लिएर खेलौना हवाइजहाज चढाएमा सो देशको भिसा पाइन्छ भन्ने मान्यता अनुसार यहाँ निकै ठूलो भिड लागेको हुन्छ ।

अधिकांश यूवाहरु लाईनमा देखिन्छन्, हातमा पूजाको थालीसँगै पासपोर्ट च्यापेर । मन्दिरमा ११ पटक परिक्रमा गरेर आफूलाई आवश्यक परेको कामको ईच्छा भगवानका पाउमा बिन्ति गरेमा सोचेको काम पुरा हुने विश्वास रहेको छ । यसैलाई आधार मान्दै कतिपय भारतिय मिडियाले त्यहाँका पूजारी र भक्तजनको धारणा समेटेर मिडिया समाग्री समेत बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?