डिभी जस्तै कामदार भिसा खुलाउँदै अमेरिका, यस्तो छ जाने प्रक्रिया (विवरणसहित)

एजेन्सी । अक्सर धेरै नेपालीहरुको ‘ड्रिम ल्यान्ड’ हो अमेरिका । स्टुडेन्ट, भिजिट, बिजनेस भिषाका माध्यमबाट अमेरिका जाने गर्छन् नेपालिहरु । डिभी लोटरीको माध्यमबाट वर्षेनी हजारौंको सङ्ख्यामा अमेरिका जाने गर्छन् नेपालीहरु ।

अमेरिकी सरकारले हालसालै एक सुचना जारी गर्दै कामदार भिसाको आवेदन डिभी लोटरी जस्तै भर्न मिल्ने बताएको छ । अमेरिकी सरकारले कामदार भिसाको आवेदन डिभी लोटरी जस्तै भर्न मिल्ने बनाएको हो ।

अमेरिकाले कामदारका लागि डिभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ । आवेदन आगामी मार्च १ देखि मार्च २० सम्म भर्न पाइनेछ ।

कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानएको छ ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।

श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्नेछ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?