सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन्- ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेको छ । संघीय संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी हुन्।
सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाएकी हुन्।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुव्र्यवहारको शिकार भएको दाबी गरिन् ।

दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको उनको दावी छ । मदिरा पिएर उनको कोठामा पुगेका महराले आफूलाई पनि मदिरा पिउन दबाब दिएको र रक्सी पिएपछि जबर्जस्ती गरेको ती महिलाको दाबी छ ।

तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?