उपचारका लागि प्रचण्ड अस्पतालमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पताल पुग्नुभएको छ ।

बारम्बार दाँत दुखेपछि अध्यक्ष आज दिउँसो मेडिसिटी अस्पताल पुग्नुभएको हो । चिकित्सकहरुले उहाँको दाँत निकाल्नु पर्ने बताएका छन् ।

यो पनि….

वीर अस्पलातका कन्सल्टेट डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीले लोकपथ डटकमसँग भन्नुभयो , ‘दाँतको बाहिरी तह इनामेलले बनेको हुन्छ, जुन शरिरको कडा तत्व हो । कुनै कारणबस् दाँतमा खिया लाग्यो भने किराले खाएर होस्, कडा ब्रस प्रयोग गरेर होस्, वा पाउडर मञ्जनले दाँत माझ्यो भने धेरै मात्रामा चिसो खाएको खण्डमा होस् त्यस बेला हाम्रो दाँतको बाहिरी इनामेल खिईन थाल्छ र  भित्रको डेन्टिङ देखिन्छ ।’ उक्त डेन्टिङले तातो र चिसो थाहा पाउने गरेको छ । विशेष गरि चिसो थाहा हुन्छ जसलाई सेन्सीटिभिटि भनिन्छ ।हामीले खाना खाँदा सम्म मात्र त्यो खाना हो । जब त्यो हाम्रो दाँतमा अड्केर बस्छ तब त्यो फोहोर बन्छ । त्यस फोहोरलाई सफा गर्नको लागि हामीले ब्रसको प्रयोग गर्न गरेका छौं । दिनको दुई पटक बिहान खाना खाएपछि र बेलूका खाना खाएपछि  दाँत माझ्ने गर्नु पर्छ । अरु बेलामा खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ । दाँत माँझ्दा नरम ब्रसको मात्र प्रयोग गर्नुपर्छ । एक पटकमा चार देखि पाँच मिनेट लगाएर सफा गर्यौ भने मुख तथा दाँतमा हुने ८० देखि ८५ प्रतिशतको रोगहरुबाट मुक्त हुने चिकित्सक बुढाथोकी बताउँछन् ।

दाँतलाई स्वाथ्य राख्नको लागी खाने कुरामा नियन्त्रण गर्नु जरुरी हुन्छ । दाँत हो चपाईहाल्छ नि भनेर धेरै कडा चिजहरु चपाउन हुँदैन ।

लोकपथमा प्रकाशीत यो सामाग्री पढ्नुभएको थियो ?

-९० प्रतिशत नेपालीहरुलाई दाँत माझ्नै आउँदैन, डा. प्रकाश बुढाथोकीले दिए घतलाग्दा टिप्सहरु

-दाँत चम्किलो बनाउन मन छ भने दैनिक यी १० खाना खानुहोस्

-तपाईंलाई थाहा छ रु यस्तो खानपानले बिग्रिन्छ दाँत

-७ वर्षे बालकको ५ सय २६ दाँत, ५ घण्टा लगाएर अप्रेसन (फोटोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?