तपाईंलाई थाहा छ ? यस्तो खानपानले बिग्रिन्छ दाँत

– ज्यादै प्रशोधित, गुलियो र टाँसिने खाद्यपदार्थहरू खानुहुँदैन ।– धूम्रपान, मद्यपानजस्ता कुलतको बानी छ भने त्यागिहाल्नुहोस् । यसले दाँतमा असर गर्नुका साथै मुखको क्यान्सरसमेत हुन सक्छ ।– अति तातो, चिसो, साह्रो, अमिलो चिज खानुहुँदैन । मानिसको दाँत बिगार्ने कारणमध्ये यो पनि एक हो ।– कोल्ड ड्रिंक्स, अमिलो रसहरू सेवन गर्नुहुँदैन । गर्नेपरेमा पाइपको प्रयोग गर्नुपर्छ । यसो भयो भने दाँतमा नछोईकन रस निल्न सकिन्छ ।– सन्तुलित खाना सेवन गर्ने । खानेकुरा खाँदा रेसादार खाना, सागपात र आफ्नै करेसाबारीमा उब्जिएका तरकारी फलफूल सेवन गर्नु दाँतका लागि निकै राम्रो हुन्छ ।– साह्रो लाग्ने कुरा छुर्पी, सुपारी, मासुको हड्डी केही पनि सकिनसकी टोक्नुहुँदैन । यस्तो खाने बानीले दाँत चोइटिन सक्छ । यस्ता खानेकुरा नखाएकै राम्रो हुन्छ ।– खाना खाइसकेपछि दाँत माझ्न अथवा कुल्ला गर्न कहिल्यै बिर्सनुहुँदैन ।– धेरैपटक खानुभन्दा थोरैपटक ठिक्क मात्रामा खाने गर्नुपर्छ ।– फास्टफुड, जंकफुड खाँदै नखाने ।– बढी गाढा भएका, बुट्टा भरेका मिठाईहरू नखाने । यी मिठाईले मुखमा एलर्जी गराउँछ । -नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?