मलेसिया रोजगारी : के छ अबको प्रक्रिया ? थाहा पाउनुहोस्

काठमाडौं । २०७५ जेठ २ गतेबाट बन्द रहेको मलेसियाको रोजगारी बिहिबारबाट खुला भएको छ । लामो अन्योलतापछि नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो ।
करिब १५ महिनाको अन्योलतापछि खुलेको मलेसिया रोजगारीको लागतबारे म्यानपावर व्यवसायीमा चर्को बिरोधका बाबजुत बिहिबार मलेसियामा भएको सहमति अनुसार शुन्य लागतमै मलेसिया पठाउनुपर्ने लगायतका बिषयमा सहमति भएको छ ।

बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताउनुभयो । यो सँगै अब नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् ।

कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।
दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव राम प्रसाद घिमिरेले नेतृत्व गर्नुभेओ थियो । घिमिरेसहित नेपालबबाट गएका श्रम मन्त्रालयका अधिकारीहरुले गत अक्टोबरकै सहमति अनुरुप मलेसिया रोजगारी खुला गर्न सफल भएको जनाएका छन् ।

मलेसियाली अधिकारीसँग भएको छलफलबाट विगतमा भएका सबै समझदारी कार्यान्वयन गर्ने गरी सहमति गरिएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसिया रोजगार बिहिबारबाट नै खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि ३६ बायो मेडिकल सबै संस्थाले पाउँनेछन् । यी संस्थाहरुमा मलेसियाले अनुगमन गर्नेछ । आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिईने छ ।

अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।

नेपाल सरकारले घरेलु कामदार पठाउँदा सम्बन्धित देशमा घरेलु कामदारसम्बन्धी छुट्टै कानुन हुनुपर्ने भनेकाले मलेसियामा सोको लागि कानुन बन्ने प्रक्रियामा रहेको भन्दै हाललाई नेपालबाट घरेलु कामदार जान नपाउँने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?