वर्तमान कम्युनिस्ट शासनको विकल्प कांग्रेस होः रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान कम्युनिस्ट शासनको विकल्प कांग्रेस भएको दाबी गर्नुभएको छ । कांग्रेसले थालेको जागरण अभियान तथा विपी जयन्तीका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले वर्तमान सरकारले केही गर्न नसक्ने दाबी गर्दै अब कांग्रेसले नै निर्धा, निमुखालाई न्याय र विपन्नतालाई आय दिलाउने ठोकुवा गर्नुभयो । सरकारको गतिविधिले जनतालाई निराश पार्ने काम गरेको बताउँदै नेता पौडेलले अब जनतालाई न्याय दिलाउने काम कांग्रेसको भएको जिकिर गर्नुभयो ।

फरक प्रसंगमा कास्की २ मा कांग्रेसकै जीत हु्ने ठोकुवा गर्नुभयो । अहिलेको सरकार आलोचनाको जालोमा फसेको बताएका कांग्रेस नेता पौडेलले कास्की क्षेत्र नम्बर २ मा अब कांग्रेसकै जीत हुने जिकीर गर्नुभयो ।

मंसिर १४ मा हुने उपचुनावमा मिलेर जान नेता कार्यकर्तालाई उनको आग्रह छ ।

‘जनताको घर दैलोमा पुगेर पार्टीको सिद्धान्त बुझाउने कोसिस गरे जीत कांग्रेसकै हुन्छ,’ नेता पौडेलले भन्नुभयो, ‘देशको ध्यान अहिले कास्कीतिरै केन्द्रीत छ । टिकट जोसुकैले पाओस् म काग्रेस हुँ मैले रुखमा भोट हाल्नुपर्छ भन्ने यत्ति कुरा बुझाउनुस् ।’

याे पनि पढ्नुहाेस्ः

काण्डै काण्डमा फसेको सरकारले लामखुट्टे पनि मार्न सकेनः रामचन्द्र पौडेल

संवैधानिक अंगमाथि हस्तक्षेप गरिरहे संसद अवरुद्ध पार्ने कांग्रेस सभापति देउवाको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?