८ सय ४८ म्यानपावरलाई मात्र वैदेशिक रोजगारीमा पठाउने अनुमती (हेर्नुहोस् सुचिसहित)

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउन इजाजतपत्रवाला संस्थाको धरौटी वृद्धिको म्याद समाप्त भएको छ । यससँगै वैदेशिक रोजगार विभाग मार्फत नयाँ बढेको धरौटी अनुसार वैदेशिक रोजगारीमा पठाउनको इजाजत पाउने म्यानपावरहरुको सूची प्राप्त भएको छ ।

म्यानपावरहरुको सूची प्राप्त भएसंगै देशमा ८ सय ४८ वटा मात्रै म्यानपावर कम्पनी रहने भएका छन् । १५ सयभन्दा बढी म्यानपावर दर्ता भएकामा अब ८ सय ४८ म्यानपावर कम्पनीले मात्रै सरकारले अनुमति दिएको गन्तव्य देशमा कामदार पठाउन पाउने छन् । सरकारले धरौटी रकम बुझाउन दिएको अन्तिम म्याद बुधबारसम्म ८ सय ४८ म्यानपावरले न्यूनतम धरौटी जम्मा गरेका हुन् ।

३ सय ३ वटा म्यानपावर कम्पनी आपसमा गाभिएर एकसय ३१ वटा बनेका छन् । इजाजतपत्र लिएकामध्ये ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेका छन् ।

म्यानपावर संस्थाहरुको नगद धरौटीको ‘भेरिफाई’ गर्ने कार्य भोली मात्रै हुनेछ । २ म्यानपावरले ६ करोड, ३ म्यानपावरले ४ करोड र ८४३ कम्पनीले २ करोड धरौटी बुझाएका छन् ।

यसअनुसार भदौ १७ भित्र धरौटी रकम जम्मा गर्न म्यानपावार कम्पनीलाई समय दिइएको थियो ।

एक आर्थिक वर्षमा ३ हजार भन्दा कम कामदार पठाउने म्यानपावरले दुई करोड, ५ हजारसम्म कामदार पठाउनेले ३ करोड तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले ६ करोड रुपैयाँ धरौटी राख्नुपर्छ ।

धरौटी जम्मा गर्ने म्यानपावरको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?