‘नाडा अटो शो २०१९’ भव्यताका साथ सम्पन्न, कसले जित्यो उत्कृष्ट गाडीको उपाधि ?

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा भदौ १० गतेबाट सुरु भएको नाडा अटो शो २०१९ भव्यताका साथ सम्पन्न भएको छ । यस वर्ष नाडा अटो शोमा करिब ८५ हजार अवलोकनकर्ताले अवलोकन गरेको नाडाले जनाएको छ ।

मेला विगतमा भन्दा ठूलो स्थानमा, निकै व्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण भव्य भएको आयोजको भनाई छ ।

यस वर्ष मेलाको मुख्य आर्कषणका रुपमा केही नयाँ ब्रान्डका सवारी साधन तथा केही ब्रान्डले ल्याएका हाइव्रिड र इलेक्ट्रीक कार रहे । यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मिहिनेत गरेको स्टलबाट नै अनुमान गर्न सकिन्थ्यो ।

यस पटकको मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाको लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रा.लिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल केटियमका लागि नेपालको आधिकारिक विक्रेता हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिले जितेको छ ।

त्यसैगरी बेष्ट सपोटिङ्ग स्टलकातर्फबाट टोटल लुव्रिकेण्टसका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मि ल्युव आयल प्रालिले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका महासचिव सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेन्ट सर्विस प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी एउटा छनोट समिति गठन गरेको थियो ।

याे पनि पढ्नुहाेस्ः

‘नाडा अटो शो’ मा निसान गाडी अग्रिम बुकिङ गर्नेलाई यस्ता उपहार

१७ तस्वीरमा हेर्नुहोस ‘नाडा अटो शो २०१९’ को मेला (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?