ह्याकरको निशानामा नेपाली बैंक, राष्ट्र बैंक भन्छः नागरिकको खातामा कुनै असर पर्दैन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुनै पनि नागरिकको बैंक खातामा रहेको रकम नलुटिएको स्पष्ट पारेको छ । ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबरपछि आम नागरिक आतंकित भएका बेला राष्ट्र बैंकले एटिएममा आक्रमण भएपनि खातामा भने कुनै असर नपारेको जनाएको हो ।

‘खातावालालाई कुनै असर पर्दैन । अहिले भएको आक्रमण एटिएममा मात्रै हो । सिस्टममा आक्रमण भएको छैन । आक्रमण हुन पनि सक्दैन । खातामा भएको पैसामा कुनै जोखिम छैन । ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ, आत्तिनु पर्दैन’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भन्नुभयो ।

यसैबीच, काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि राष्ट्र बैंकले बैंकका प्रतिनिधिहरुलाई आकस्मिक बैठकमा बोलाएको छ । शनिबार साँझ दरबारमार्ग स्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । यो घटनापछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।

यो पनि पढ्नुहोस्ः

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ

नेपाली एटीएम सिस्टम कसले गर्यो ह्याक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?