पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवनमा, प्रहरीको भनाई यस्तो छ

appharu
0
Shares

काठमाडौं । चितवनमा एक होटलमा पासो लगाएर मृत अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लका अनुसार ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ ‘हामी सबै प्रमाण जुटाउँदै छौँ । यस विषयमा थप अनुसन्धान भइरहेको छ । नयाँ तथ्य पनि फेला परेको छ। अनुसन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ।’ यसअर्थ प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन ।

२० साउन राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए । परिवार तथा प्रशासनको रोहबरमा मुचुल्का उठाएर २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न ल्याइएको थियो । १० दिन लगाएर तयार भएको रिर्पोटमा ेक उल्लेख छ भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ।
पोस्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । यसैबिच आत्महत्याअघि उनले रेकर्ड गरेको भिडियो बाहिरीएको थियो । सो भिडियोमा नाम पोलेको आधारमा प्रहरीले सञ्चारकर्मी रवि लामिछाने, यूवराज कँडेल तथा अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?