रवी लामिछाने पक्राउबारे संसदमा चर्चा: के निहु पाउँ र कनिका चपाउँ !

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको विषयले संसदमा पनि स्थान पाएको छ ।

आइबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरराज गहतराज अथकले उक्त प्रकरणमा अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा सांसद गहतराजले भने,‘पत्रकार शलिकराम पुडासैनीको रहस्यमयी मृत्युप्रकरण र सो को अनुसन्धानका लागि पत्रकार रवि लामिछानेको गिरफ्तारीलाई लिएर ‘के निहु पाउँ र कनिका चपाउँ’ भन्नेहरुले जुन अराजक, गैर कानूनी र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ म त्यसको निन्दा र भत्र्सना गर्दछु ।’

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने हाम्रो संवैधानिक र कानूनी प्रक्रिया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा र सुशासनको विरुद्धमा रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?