रवीलाई भेट्न पुगे कांग्रेस नेता, भीड नियन्त्रणका लागि लाठीचार्ज

काठमाडौं | रवी लामिछानेको समर्थनमा उत्रिएका समूहको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाहिर नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेट्नुभएको छ । भेटमा उहाँले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा जोड दिनुभयो ।

बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका छन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि रवी लामिछानेसहित युवराज कँडेल र रुकु कार्कीलाई विहिबार पक्राउ गरिएको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?