यसकारण खानैपर्छ उम्रेका गेडागुडी

काठमाडौं । क्वाँटी भन्ने बित्तिकै हामीलाई जनैपूर्णिमाको सम्झना आउछ । क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । जनैपुर्णिमामा बिहान गुरुले जपेको डोरो हातमा बाँध्ने र जनै फेरेपछि क्वाँटी खाने गरिन्छ। चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर क्वाँटी खाने चलन छ ।

यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक छ।
क्वाँटीबाट ‘कम्प्लिट प्रोटिन’ अर्थात् पूर्ण प्रोटिन पाइन्छ। विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवर्धक पौष्टिक आहारका रुपमा लिइन्छ।

यसलाई पौष्टिक तत्वको भण्डार पनि भनिन्छ। टुसा अंकुरित क्वाँटी सबै उमेर समूहका मानिसलाई फाइदाजनक हुने चिकित्सक बताउँछन्। यसमा विभिन्न किसिमका पौष्टिकतत्वहरु पाइन्छन्। भिटामिन, क्याल्सियम र मिनरल्स प्रशस्त मात्रामा पाइने भएकाले बढ्दो उमेरका केटाकेटीलाई क्वाँटी राम्रो मानिन्छ।

यसको नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ। एसिडिटी तथा संक्रमणजस्ता समस्याबाट छुटकरा मिल्छ। यतिमात्र नभएर यसले तुरुन्तै शक्ति प्रदान गर्छ भने तनावबाट मुक्त राख्छ।

क्वाँटी बनाउने विभिन्न तरिका हुन्छन्। कसैले झोल राखेर शाकाहारी स्वादको क्वाँटी रुचाउँछन् भने कसैले कुखुरा र खसीको मासुमा मिसाएर पनि क्वाँटी खाने गर्छन्। जसरी खाए पनि यसबाट फाइदै फाइदा छन्। त्यसैले क्वाँटी जनैपूर्णिमामा मात्रै होइन हरेक दिन खानु आवश्यक छ।

क्वा्टी खानुका फाइदाहरु यस्ता छन्
१. गेडागुडीहरु प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोटिन हाम्रो शरीरमा आवश्यक पदार्थ हो जसले रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने लगायतका धेरै काम गरिरहेको हुन्छ ।

२. टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुराउँछ ।

३. क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ ।

४.क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन ।

५. क्वाँटीबाट भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरस लगायतका खनिज पदार्थहरु हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ ।

६.भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने विरामीहरुलाई क्वाँटीको झोल खुवाउन सकिन्छ जसमा आवश्यक पोषक तत्वहरु ठिक मात्रामा पाइन्छ ।

७. झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नको निम्ती बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ ।

८. प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुन मद्दत गर्छ ।

९. स्मरणशक्ति बढाउनुका साथै कपाल झर्ने समस्याबाट समेत बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?