पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा फेला

appharu
0
Shares

कामाण्डौं । माउन्टेन टेलिभिजनमा कार्यरत शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका छन ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पुडासैनी चितवनको कलश होटलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा आफन्तलाइ राति नै खबर गरेको थियो ।

प्रहरीका अनुसार पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए ।

होटल बुकिङ गरेर केही समय होटलमा बसी बाहिर गएका थिए र पछि होटलमा आएर बसेका उनी खाना खान नआएपछि होटलका कर्मचारीले बोलाउन जाँदा कोठा नखोलेपछि प्रहरीलाइ खबर गरेको र त्यसपछि वडा प्रहरी कार्यालयका प्रहरीले घटनास्थल नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?