गुल्मी पहिरो अपडेट: ज्यान गुमाउनेको संख्या ८ पुग्यो

काठमाडौं । गुल्मीमा पहिरो परि ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । पहिरोमा पुरीएर २ जना बेपत्ता भएका छन् ।

जिल्लाको सत्यबति गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको । मुत्यु हुनेमा सत्यवती गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय छल्ली बिक, १२ वर्षीया अञ्जली बिक, १० वर्षिय हेमन्त बिक, १० वर्षीया सिवानी बिक, ६० वर्षीय छल्दली बिक र ३० वर्षिय पंखु बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन थलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीया तिलकुमारी तरामु र ९ वर्षीय दर्शन तरामुको मुत्यु भएको उनले बताए ।

सोही वडामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीया माया बिक र १६ वर्षीय गबी बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् ।

यो छुटाउनु भयो की ?

गुल्मी पहिरो अपडेट : मृत्यु भएका ६ जनाको पहिचान खुल्यो, ५ जना अझै बेपत्ता

गुल्मीमा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?