खेल्ने क्रममा घाँटीमा पासो लाग्दा ८ वर्षीय बालकको मृत्यु

काठमाडौं | तनहुँको भानु नगरपालिका–१३ चन्द्रावतीका आठ वर्षीय सुवास अधिकारीको डोरीको पासो लागि मृत्यु भएको छ ।

आमा र हजुरबुबा काममा गएको समयमा ९२ वर्षीया मैया अधिकारी घरमा रहेको अवस्थामा अधिकारीले डोरीमा खेल्ने क्रममा पासो लाग्न गई मृत्यु भएको प्रहरीले जनाएको छ ।

उठबस गर्न नसक्ने वृद्धा हजुरआमा घरमा रहे पनि अधिकारी जानीजानी नभई डोरीमा झुन्डिने क्रममा अचानक घाँटीमा पासो लाग्न गई मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?